महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुरका किसान तरकारी, चैतेधान र मुङखेती तर्फ उन्मुख भएका छन । कृष्णपुर नगरपालिका ग्रामिण भेगका किसान व्यवसायिक तरकारीखेती, चैतेधान र मुङखेती तर्फ उन्मुख भएका हुन । पहिल्यैदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानले अहिले थप परिमाण बढाएका छन । अन्य किसानहरुले समेत चैतेधान र दालका लागि मुङखेती गरिरहेका छन ।
व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएक किसानले थप क्षेत्र विस्तार गर्दै मौषमी बेमौसमी तरकारी खेती गरिरहेका छन । कृष्णपुर नगरपालिका ६बालुवाफँँटाका किसान हरिराम डगौराले व्यवसायिक तरकारी खेती गरेको बषौँ भईसकेको छ । उनले हाल झण्डै अढाई विगाह जमिनमा तरकारी खेती गरेका छन । कृष्णपुर ६ का वडा सदस्य समेत रहेका रमेश डगौराले समेत एक विगाह जमिनमा व्यवसायिक तरकारी खेती गरेका छन । उनले राजनीति, समाजसेवासंगसंगै तरकारी खेती पहिल्यैदेखि शुरु गरेको र अहिलेपनि निरन्तर गरेको बताए ।
तरकारी खेतीको हबकै रुपमा रहेको कृष्णपुर ६ वडामा थुप्रै किसानको घरखर्चदेखि स्वरोजगार तरकारी खेती नै रहेको छ । कृष्णपुर ६का वडाध्यक्ष बाबुराम चौधरीले झण्डै ६० प्रतिशत किसान तरकारी खेतीतर्फ उन्मुख भएको बताए । राम्रो आम्दानी भएपछि स्थानीय किसान व्यवसायिक रुपमा तरकारी खेती तर्फ उन्मुख भएको वडाध्यक्ष चौधरीको भनाई छ ।कृष्णपुर ६ बसन्तपुरकी स्थानीय महिला किसान मुनादेवी भट्टले दालखेतीका लागि यस बर्ष ५कट्टा जमिनमा तरकारी खेती गरेकी छिन । उनले बजारबाट किनेर खानु भन्दा धानखेतीपछि खाली रहेको जमिनमा मुङखेती गरेको बताईन ।
उनले नगरपालिकाबाट बिउ पाएपछि मुङखेती गरेको बताईन । बसन्तपुरकै अर्की किसान माया ठगुराठीले पनि गहुँखेतीपछि खाली रहेको जमिन सदुपयोगका लागि चैतेधान खेती गरेको बताईन । उनले यस बर्ष चेक गर्नका लागि ४ कट्टामा मात्रै चैत्रेधान खेती गरेको बताईन । ‘मैले पालिकाबाट बिउबिजन पाएपछि पहिलो पटक चैतेधान खेती गरेकी छु, धानमा पनि बाला लागिसकेका छन, यस बर्ष राम्रो भए भावि दिनमा पनि खेती गर्छु । कृष्णपुर नगरपालिका कृषि शाखा प्रमुख लाल बहादुर धामीले पालिकाबाट तरकारीखेती, चैतेधान र मुङ खेतीमा अनुदान एव विउबिजन वितरण गरेपछि किसान व्यवसायिक रुपमा खेतीतर्फ आकर्षित भएको बताए ।
उनका अनुसार ८०प्रतिशत अनुदानमा खेतीका लागि धैचाको बिउ समेत वितरण गरिएको छ । झण्डै हजार क्विटल धैचाको बिउ ५९ किसानलाई वितरण गरिएको बताउँदै साढे १६हेक्टर जमिनमा धैचाखेती गरिएको छ । ‘यो धैचाखेतीले माटोको उर्बराशक्ति बढाउँछन, ‘उनले भने, ‘माटो बलियो बनाउने काम गरेको छ, यसबाट अन्नबाली खेती बृद्धि हुन्छ ।’ यस बर्ष मात्रै ७७ किसानलाई १हजार ६२०किलो चैतेधानको बिउ वितरण गरेर २७हेक्टर जमिनमा चैतेधान खेती र ४सय १२किसानलाई ६सय ४०किलो मुङको बिउ वितरण गरेर साढे १६ हेक्टर जमिनमा मुङखेती गरिएका छ ।
कृष्णपुरका मेयर हेमराज ओझाले नगरको गामिण बस्तीका किसानलाई तरकारी सहितका बैकल्पिक अन्नबालीमा आत्मनिर्भर बनाउनेदेखि व्यवसायिक रुपमा कृषि व्यवसाय विस्तारका लागि पालिकाले अनुदान एव कृषि प्रर्बद्धनका कार्यक्रम ल्याएको बताए । ‘हामीले पालिबाट किसानका लागि सक्दो अनुदानका कार्यक्तम संचालन गरेका छौँ, ‘उनले भने, ‘कृषिमा समेत थुप्रै सम्भावना भएकाले व्यवसायिक तरकारी खेती तर्फ किसान आकर्षितका योजना अघि सारेका छौँ ।’ भावि दिनमा समेत पालिकाले कृषि उत्पादन बजारीकरणको सुनिश्चिताका साथै कृषि एम्बुलेन्स मार्फत किसानलाई थप सेवा सुविधा उपलब्ध गराउने योजना रहेको बताए ।
‘नगरका जनतालाई व्यवसायिक कृषिखेतीमा उन्मुख गराएर स्थानीय स्तरमै रोजगारीका कार्यक्तम संचालन गर्ने हाम्रो लक्ष्य हो, ‘मेयर ओझाले भने, ‘सोही अनुरुप हामीले निरन्तर कृषिलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएका छौँ ।’ ग्रामिण अर्थतन्त्रको आधार कृषि पनि भएकाले पालिकाले कृषि व्यवसायिकरणका योजनामा किसान जोड्दै जाने मेयर ओझाको भनाई छ ।