कञ्चनपुरमा कांग्रेसको जिल्ला सम्मेलन असार हुँदै

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले असार १ गते (शनिवार) जिल्ला सम्मेलन गर्ने भएको छ । १४ औं महाधिवेशन पश्चात नेपाली कांग्रेस कञ्चनपुरले पहिलो पटक जिल्ला सम्मेलन गर्न लागेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय उप सभापति एवं पूर्व उप प्रधानमन्त्री पुर्ण बहादुर खड्काको प्रमुख आतिथ्यमा जिल्ला सम्मेलन गर्न लागिएको पार्टी सचिव भीमराज भट्टले बताए ।

त्यस्तै उक्त कार्यक्रममा केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेय लगायतका नेताहरुको उपस्थिती रहने जनाइएको छ ।

शनिवार बिहान साढे ८ बजे देखि भीमदत्त–६ खैरेनी चोक स्थित रुप सोभा पार्टी प्यालेसमा जिल्ला सम्मेलन गरिने सूचना मार्फत जानकारी गरिएको छ ।

May be an image of text

ताजा समाचार

सम्बन्धित समाचार