Saturday, July 27, 2024

महाकाली पुल निर्माणको काम ९५ प्रतिशत पूरा

प्रकाशित:

महेनद्रनगर । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा पुलको काम सकिएको छ। तर, सडकसहित अन्य संरचना निर्माणको काम ९५ प्रतिशत पूरा भएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुलको काम सकिएको हो। ३४ वटा पिल्लर र ३२ वटा सल्यापसहितको पुलको काम सकिएपनि योजनाको ५ प्रतिशत काम बाँकी रहेको छ। कालोपत्रसहितको पुल कुमार सिएफइसी जेभीले निर्माण सकेको हो।

महाकाली पुलको दुवैतर्फ सात दशमलव ६ किलोमिटर पहुँच मार्ग निर्माण गर्ने ठेक्का गरिएको थियो। एक दशमलव २ किलोमिटर पहुँचमार्ग निर्माणको काम मात्र बाँकी रहेको योजना कार्यालयले जनाएको छ।

आयोजना कार्यालयका सूचना अधिकारी कपिल प्रसाद पन्तका अनुसार खड्डाचौकी भन्सार कार्यालय क्षेत्रमा सडक निर्माणको स्वीकृती आएपछि काम सुरु भएको छ। छ दशमलव ४ किलोमिटर पहुँचमार्ग निर्माणको काम सकिएको आयोजना कार्यालयले बताएको छ।सडक किनारमा निर्माण गर्नुपर्ने नाली निर्माणको काम सकिएको छ। महाकाली पुल योजनाको समग्र कार्यमा ९५ प्रतिशत प्रगति भएको महाकाली पुल योजना कार्यालयले बताएको छ।

भीमदत्त नगरपालिका–१३ ओदाली र महाकाली नगरपालिका–१ चाँदनीलाई जोडनेगरि निर्माणाधीन पक्की पुलको २०७४ भदौ ७ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए। आठ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुलको काम तीन वर्षभित्र सक्नेगरि कुमार सिएफइसी जेभीसँग ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो। पुलको दुवैतर्फ बाँध बाँधेर आँखा आकारको पोखरी निर्माण गरी पर्यटकीय स्थलका रूपमा समेत विकसित गरिने गरी पुलको डिजाइन छ।

पुलको उत्तर पट्टि १ वर्ग किलोमिटरभन्दा ठूला २ वटा पोखरी र दक्षिणपट्टि सुन्य दशमलव ३ वर्ग किलोमिटरका दुई वटा पोखरी निर्माण गरिदैछ। उत्तरपट्टिको तालमा ६ वटा आइसल्याण्ड बनाइने र ती आइसल्याण्डलाई पिकनिक स्पोर्टका रूपमा प्रयोग गरिने डिजाइनमा उल्लेख छ।

महाकाली पुल योजना कार्यालयका लागि चालु आर्थिक वर्षमा ३५ करोड बजेट विनियोजन गरिएको थियो। आठ करोड खर्च भएको छैन। चालु आर्थिक वर्षमा थप ३२ करोड बजेट आवश्यक हुने योजना कार्यालयले बताएको छ। योजनाको पूर्ण आर्थिक प्रगति ९० प्रतिशत पूरा भएको छ।

पोखरीको ७० प्रतिशत काम पूरा

नेपालकै गौरवको योजना अन्तर्गत महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलमा निर्माण गरिने भनिएको पोखरीको ७० प्रतिशत काम सकिएको छ। २०७८ फागुनसम्म सम्पन्न भइसक्ने आयोजनामा डिजाइन परिवर्तन भएकाले ढिलो भएको हो। २०८० साउन मसान्त सम्ममा पोखरी निर्माणको काम पूरा गर्नुपर्ने सम्झौता भएपनि ३० प्रतिशत काम अझै बाँकी रहेको योजना कार्यालयले बताएको छ।

तीन अर्ब २७ करोड ९३ लाख ४ सय ९१ रुपैयाँमा पोखरी निर्माणको सम्झौता गरिएको थियो। तर, पुनर्मूल्याङ्कन गर्दा तीन अर्ब २४ करोड २५ लाख रकम पुगेको थियो। दोस्रो पटक केही सामान थप्नुपर्ने भएपछि पुनर्मूल्याङ्कन गर्दा तीन अर्ब ६६ करोड ९ लाख भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार