Thursday, May 30, 2024

भू-स्वर्ग खप्तड

प्रकाशित:

महेन्द्रनगर । नेपालको सुदूरपश्चिम प्रदेशको ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलमा खप्तड राष्ट्रिय निकुञ्ज रहेको छ् । खप्तड राष्ट्रिय निकुन्ज सन् २०४२ सालमा स्थापना भएको हो । यसको क्षेत्रफल २२५ वर्ग किलोमिटर रहेको छ् । समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ् । अहिले खप्तड ‘भू-स्वर्ग’को उपनामले समेत चिनिने गर्दछ । यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गदर्छ ।

यस निकुन्जमा सल्ला, खसुर र निगालाके जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदर लगाएत ४३१ प्रकारका चराचुरुङ्गीहरू पाइन्छन् भने, यसका संरक्षणका राष्ट्रिय निकुञ्ज स्थापना भएको पाँच वर्ष पछि वि।सं २०४७ सालमा उक्त ठाउँमा नेपाली सेनाको ब्यारेकको समेत स्थापना गरियो । उक्त खप्तड क्षेत्र भित्र त्रीवेणी धाम, सहस्र लिङ्ग, बाबा आश्रम, बाबा कुटी, घोडा दाउन पाटन, खप्तड दह, डाँफेकोट, गणेश पाटन, नाग ढुङ्गा, केदार ढुंगा, छित्रेपानी आदी पर्यटकका लागि आकर्षक गन्तव्यहरु हुन ।No description available.

यसका अलवा यस क्षेत्रमा २२ वटा ठूला पाटनहरु र ५२ वटा झोताहरु (रुखका थुम्काहरु)ले सबैको मन आकर्षित गर्दछ । प्राकृतिक धार्मिक र साँस्कृतिक विविधताले भरिएको खप्तड क्षेत्रमा गंगा दशहरा मेला र जनै पूर्णिमामा लाग्ने खप्तड जात्रा प्रसिद्ध रहेको छ् । यहाँको मौसम सामान्यतया चिसो हुने गर्दछ त्यसैले यस क्षेत्रमा भ्रमण गर्दा चैत्र देखि अषाढ मसान्त निकै राम्रो मानिने गरिन्छ । त्यसैगरी बझाङ्गको सदरमुकाम चैनपुरबाट तमैल बजारसम्म गाडिमा र तमैलबाट जिपमा बालुखेती पुगिन्छ भने, त्यहाँबाट छाङना लोहखडा हुँदै करीव ८ घण्टाको पैडल यात्रा पछि खप्तड पुग्ने गरिन्छ ।

खप्तडको इतिहास

चिकित्सक पेसा त्यागेर भारतबाट साधनाका लागि वि.सं १९८६ सालमा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि वि.सं २००३ सालमा खप्तड पुगेका थिए । आश्रम बनाउने मजदुर नभेटिए पछि फर्केर बझाङको खप्तडछान्ना गाउँपालिका-३ खप्तडको फेदी नजिकै स्थानीयको सहयोगमा कुटी बनाएर तपस्या गर्न थाले । वि.सं २००६ सालमा खप्तडमा अभ्रखखानी उत्खनन गर्न जाँदा तत्कालीन बझाङी राजा रामजङ्ग बहादुर सिंहसँग बाटोमै खप्तड बाबाको भेट भयो ।No description available.

इतिहासका जानकार हेमन्तराज बिष्टका अनुसार पहिलो भेटमै बाबासँग प्रभावित भएका राजा रामजङ्गले खप्तडमा आश्रम निर्माण गरिदिने बचन दिए । सोही वर्ष खप्तडमा आश्रम बन्यो र खप्तड बाबा साधनाका लागि खप्तड सरे । गर्मीयामका ६ महिना खप्तड लेक र ६ महिना खप्तड छान्नाकै दारूगाउँ गरेर खप्तड बाबाले ५० वर्ष खप्तड क्षेत्रमा साधना गरेर बिताए । लामो समय खप्तडमा बिताएका खप्तड बाबाले आफ्नो नाम भने खुलाएनन् । युगपुरूष भन्दै धेरैले उनको नाम ‘श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रीय ब्रह्मनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात जीवनमुक्त महात्मा सच्चिदानन्द सरस्वती’ राखिदिएका थिए ।

स्थानीयले भने छोटो नाम ‘खप्तड बाबा’, ‘खप्तड स्वामी’ राखे र सोही नामले सर्वत्र चिनिए । उनकै कारण अहिले समेत खप्तडले प्रसिद्धि कमाइ रहेको छ् । त्यसैगरी वि।सं २०३८ सालको वैशाख महिनामा तत्कालीन राजा वीरेन्द्र हेलिकोप्टरमा सुदूरपश्चिम भ्रमणमा निस्किएका थिए । कर्णाली नदी हुँदै बाजुराको आकाश भएर खप्तड पुगेका राजालाई पहिलो पटक खप्तड बाबाले नै स्वागत गरे । रानी ऐश्वर्या सँगै खप्तड पुगेका राजा वीरेन्द्रले बाबासँग लामो भलाकुसारी र विचार मन्थन गरे । जानकारहरू का अनुसार राजा वीरेन्द्र हरेक वर्ष बाबालाई भेट्न सपरिवार, सहयोगी सहित खप्तड गइरहन्थे । आफूलाई केही तनाव भए, मुलुकमा केही सङ्कटजन्य परिस्थिति आए राजा वीरेन्द्र खप्तड बाबासँग सल्लाह लिन आइहाल्थे । खप्तडमा जडीबुटी बारे अनुसन्धान गर्दै ‘धर्म विज्ञान’, ‘विचार विज्ञान’सहित करिब डेढ दर्जन पुस्तक लेखेका खप्तड बाबा र राजा वीरेन्द्र बीच निकटता बढेपछि उनी काठमाडौँ समेत जान थाले ।No description available.

राजा वीरेन्द्रले खप्तड बाबाका लागि बुढानीलकण्ठमा एउटा आश्रम समेत बनाइदिएका थिए । उनको निधन हुनुभन्दा सात दिन अगाडि समेत बुढानीलकण्ठमै थिए भन्ने जानकारहरू बताउँछन् । लामो समय खप्तडमा साधना गरेका बाबाको आश्रममै बिरामी भएपछि हेलिकोप्टरमा काठमाडौँ ल्याउने क्रममा कालीगण्डकी नदीमाथिको आकाशमा २०५३ साल वैशाख २७ गते ब्रह्मलीन भएको इतिहासका जानकार बिष्टले बताउँछन् । उनका अनुसार बाबाको निधन र वीरेन्द्रको वंश नाशपछि राजपरिवारका सदस्य खप्तड आउँन छाडेका थिए । “जीवित छँदा भने गङ्गादशहरामा दर्शन गर्न हरेक वर्ष राजा वीरेन्द्र खप्तड पुग्ने गर्दथे”, उनले भने । स्वामी खप्तड पस्नुअघि भने उक्त क्षेत्र लेक मात्रै थियो ।

घना जङ्गल हुँदा मध्यवर्ती क्षेत्रका बासिन्दाहरू समेत पाटनमा आवत जावत खासै गर्दैनथे । खप्तड सँग बाबा गासिएपछि खप्तडले आफ्नो सौन्दर्यताको प्रचार पायो । त्यसैगरी उच्चपदस्थका व्यक्तिको भ्रमणपछि खप्तडमा पर्यटकको सङ्ख्या समेत बढ्दै गएको उनले बताए । हरेक वर्ष सयौँको सङ्ख्यामा आन्तरिक र विदेशी पर्यटक थपिँदै गएको खप्तडमा रहेको नेपाली सेनाको ब्यारेकले जानकारी दिएको छ् । गत वर्ष खप्तड क्षेत्रमा पहिलो पटक योग शिविर सञ्चालन हुँदा सहाभागीको सङ्ख्या बाक्लो रह्यो । योग जागरणका लागि ‘सुन्दर सुदूरपश्चिम खप्तड योग ध्यान शिविर २०७९’ नामक शिविर तीन दिनसम्म चलेको थियो ।No description available.

जसमा २८ सयभन्दा बढी योग साधक सहभागी थिए । खप्तडमा रहेको नेपाली सेनाका अनुसार खप्तड बाबापछि धेरैपटक खप्तडमा आएर साधाना गर्नेमा वेदनाथ नै पर्छन् । गङ्गादशहरा मेलामा आउने बाबाहरू भने २,३ दिन धर्मशालामा बसेर फर्किने गरेको नेपाली सेनाको बुझाइ छ् । त्यसैगरी पौराणिककालमा ऋषिमुनिहरूले तपस्या गरेको उक्त क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रूपमा समेत वर्णन गरिएको छ् । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ् । पौराणिकताअनुसार पाण्डवहरूले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा समेत बिताएका थिए । खप्तडमा पाण्डुपुत्र भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ् ।

खप्तडछान्ना गाउँपालिका-३ का राजेन्द्र बिकका अनुसार खप्तडमा रहेको केदार ढुङ्गा समेत भीमले भारतको केदारनाथबाट शरीरमा लगाएको कपडाको अगाडि पट्टिको भागमा बोकेर ल्याएका थिए भन्ने कथन छ् । “त्रिवेणी पाटनमा केदार ढुङ्गा राखेपछि उक्त ठाउँमा पानीको मूल फुटेको किंवदन्ती छ”, उनले भने । खप्तडमा रहेका चर्चित स्थान सीतापाइला, छिन्ते ढुङ्गा, जेठी बहुरानी ढुङ्गा, नागढुङ्गा, सहस्त्रलिङ्ग, खप्तड दह, त्रिवेणी, डाँफेकोट, बलेमेला, माइकाथान, सुकी दह लगायतका चर्चित ठाउँको छुट्टै पौराणिकता रहेको र तत्ठाउँमा स्थानीयले शिवको पूजा गर्दै आएका छन् । त्यसैगरी भू-स्वर्गको उपनाम पाएको खप्तडलाई पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्दै आइरहेका छन् । आँखाले नभ्याउने विशाल फाँट, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रङ्गी विरङ्गी फूलले छोपेका मैदानले खप्तडको आंशिक परिचय दिन्छ । खप्तडका विभिन्न स्थानको आ-आफ्नै महत्व र पौराणिकता छ् । खप्तड ‘२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) को सङ्गम’ भनेर पनि परिचित छ् ।No description available.

खप्तड राष्ट्रिय निकुञ्जमा पाइने जडिबुटी तथा वनस्पति

उक्त क्षेत्रमा झुलेसल्लो, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, ठिगेसल्लो, लौठसल्ला लगायतका रूख९वनस्पति पाइन्छन् भने कालकुट, पाँचऔले, नीरमसी, सतुवा, वायुजडी, हत्वाजडी, गँदाल्नो, वनप्याज जस्ता सयौँ प्रकारका जडीबुटीहरू समेत पाइन्छन् । त्यसैगरी हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीव देखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् । तथ्याङ्कमा हेर्दा खप्तडमा वन क्षेत्र १ सय ९९ दशमलव ७३, घाँसेमैदान १३ दशमलव ४७, कृषिभूमि ९ र झाडी बुट्यान २ दशमलव ८ वर्गकिमीमा फैलिएको छ् । खप्तडमा ३८२ प्रकारका रूख, वनस्पति तथा जडीबुटी पाइन्छन् । जसमा रूख ५७, बुट्यान ७८, घाँसपात २०३, लहरा आठ र उन्यु १९ प्रजातिको भएको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकमा उल्लेख छ् । कार्यालयको तथ्यांकअनुसार १२ वटा गुफा भएको खप्तड क्षेत्रमा २ सय ८७ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र ६ उभयचर प्रजातिका वन्यजन्तुहरू पाइन्छन् ।No description available.

ताजा समाचार

सम्बन्धित समाचार