Saturday, July 27, 2024

कञ्चनपुरमा खेती योग्य जमिन कटानी रोकथामकालागि दोदा नदीमा जैविक तटबन्ध निर्माण गर्दै

प्रकाशित:

पुनर्वास । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका-७ परासन उदरी भएर बग्ने दोदा नदीमा जग्गा कटान रोक्नका लागि जैविक तटबन्ध निर्माणको कार्य सुरु गरिएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पुनर्वास नगरपालिकाले दोदानदीको तिव्र कटानिलाई रोकथाम गर्नको लागि पुनवास नगरपालिका वडा नं. ७ परासन समुदायमा ३०० मिटर जैविक तटबन्ध निर्माण कार्यको नगर प्रमुख तोय प्रसाद शर्माले शुभारम्भ गरेका छन्।

आर्थिक रूपमा मितव्ययी तथा सामुदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले पनि हाल वाढी प्रभावित समुदायहरुमा जैविक तटबन्धनलाइ महङ्गो तटबन्धन वा ग्यालभेनाइज्ड जालीमा ढुङ्गा भरेर बनाइएको तटबन्धनको उत्तम विकल्पको रुपमा लिईएको पाइन्छ।

परासन शिवशक्ती सामुदाय विपद् व्यवस्थापन समितिका सचिव बनवारी रानाले “प्रदेश सरकार सँग ढुङ्गाको तटबन्धका लागि धेरै प्रयासहरु गरेतापनि खर्चिलो र धेरै बजेट आवश्यक पर्ने भएकोले योजना नपर्दा स्थानीय हरू दोदा नदीको जोखिम खेप्नु परेको बताए।

उनले भने थोरै लागतमा निर्माण हुने जैविक तटबन्ध निर्माणका लागि पुनर्वास नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमले समेत सघाउ पुर्‍याएको र अहिले सिताबस्ति समुदायलाई हेर्दा कम लगानिमै स्थानीय श्रोत साधन प्रयोग गरेर पनि जमिन कटानि रोक्न सकिन्छ भन्ने हेतुले हाल सिताबस्तिले प्रयोग गरेको नविन कार्यलाई हाम्रो परासन समुदायले पनि अबलम्बन गर्दै ३०० मिटर तटबन्ध निर्माणकार्यको शुभारम्ब भएको बताए ।

समाज कल्याण संघ९एन एन एस डब्लु ए० कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनासँग समन्वय गरी तीन सय मिटर बाँसको जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको मर्सिकोर नेपालका ईकोनमिक एडभाईजर सन्देश पनेरूले बताए।

पुनर्वास नगरपालिकाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा नेपाल समाज कल्याण संघले सञ्चालन गरेको एमरेड परियोजना अन्तर्गत दोदा नदीमा जैविक तटवन्ध निर्माण कार्यका लागि नगरपालिकाको दुई लाख,प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई लाख आठ हजार सात सय छत्तीस, जनताको तटबन्धवाट छ हजार तीन सय र समुदायको तर्फ बाट जनश्रमदान र ल्ल्क्ध्ब् मर्सिकोर नेपाल को एमरेड परियोजनाको तर्फ बाट एक लाख एकासी हजार चार सय अन्ठानब्बे लगानीमा निर्माण कार्य भईरहेको परियोजनाका ईकोनमिक एडभाईजर पनेरूले बताए।

यसैगरी पुनर्वास नगरपालिका का नगर प्रमुख तोय प्रसाद शर्माले निर्माण कार्यको शुभारम्भ गर्दै जैविक तटबन्ध निर्माणका लागि बजेटका अभाव हुन नदिइने बताए।

किसानको जग्गा नदीले बगाउन थालेकोमा आफू चिन्तित भएको उल्लेख गर्दै उनले नदीको किनारमा बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि जैविक तथा अजैविक स्रोत ९बाँस, पलाष्टिक वोरा, स्याउला, वालुवा र मानविय श्रोत०को उच्चतम प्रयोग गरेर जग्गा कटानी रोक्नका लागि जैविक तटबन्ध भरपर्दो व्यवस्था रहेको बताए।स्थानीय स्रोत र साधनको उपयोग हुने तथा विस्तृत प्राविधिक ज्ञानको त्यति आवश्यकता नहुने भएकोले पनि जैविक तटबन्धनको महत्व बाढी प्रभावित क्षेत्रमा बढ्दै गइरहेकोले बजेटको व्यवस्था गरिएको नगरप्रमुख शर्माले बताए।

कार्यक्रम अन्‍तर्गत नगरपालिकाले दक्ष कामदारको ज्यालाबापतको रकम व्यहोर्ने भएको छ। पहिलो चरणमा नदीको बहावले बढी क्षति पुर्‍याउन थालेको क्षेत्रमा तीन सय मिटर जैविक तटबन्ध निर्माणको कार्य भइरहेको छ। जैविक तटबन्ध निर्माणका लागि दक्ष कामदार ७८ जना र अदक्ष कामदार १२४ जना लाग्ने अनुमान गरिएको छ।

तटबन्ध निर्माणमा बाँस ९१८ र बालुवाका बोरी ६ हजार ४०० लाग्ने अनुमान गरिएको छ। तटबन्ध निर्माणपछि नदी तटीय क्षेत्रमा वृक्षारोपणको कार्यसमेत हुनेछ। जैविक तटबन्ध निर्माण शुभारम्भ कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, वडा अध्यक्ष मुल चन्द्र राना, जनताको तटबन्ध कार्यालयका प्रतिनिधि कृष्णदत्त भट्ट, नगरपालिकाको प्राविधिक टिम ,मर्सिकोर नेपाल र ल्ल्क्ध्ब् एमरेड परियोजनाका प्रतिनिधिको उपस्थिती रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार