महेन्द्रनगर । कञ्चनपुरमा ४८ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले सहायक सामग्री वितरण गरेको हो।

एनएनएसडब्ल्यूएले भीमदत्त नगरपालिकासँगको सहकार्यमा पालिका भित्रका विभिन्न वडामा रहेका ४८ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरेको हो।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, उप प्रमुख निलम लेखक, स्वास्थ्य शाखा प्रमुख नरेन्द्र जोशी, स्थानीय समन्वय समिति सदस्य उपेन्द्रबहादुर खडायत र एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोकबिक्रम जैरूलगायतको उपस्थितिमा २२ थान ह्वीलचियर, ७ थान एंकल फुट अर्थोसिस, पाँच जोडा बैशाखी, पाँच थान वाकर, एक थान रोलेटर, चार थान ट्याउलेट चियर एक थान सिटिङ्ग चियरवितरण गरिएको छ।



