Sunday, July 21, 2024

जैविक तटवन्ध प्रति शुक्लाफाँटा का समुदायको विश्वास बढ्दै

प्रकाशित:

शुक्लाफाँटा नगरपालिका मा जैविक तटवन्ध प्रति स्थानिय समुदायहरु को विश्वास बढ्दै गएको छ।

स-सानो बजेट मा पनि निर्माण गर्न सकिने नदि कटान,नदीको किनारमा बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोत (बाँस,पलाष्टिक वोरा,स्याउला, वालुवा र मानविय श्रोत) को उच्चतम प्रयोग गरेर निर्माण गरिएको तटबन्धनलाई समुदाय ले समूह एवं उपभोक्ता समूह नै निर्माण गरेर लाग्ने गरेका छन् ।

आर्थिक रूपमा मितव्ययी तथा सामुदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले वाढी प्रभावित समुदायहरुमा जैविक तटबन्धनलाइ महङ्गो तटबन्धन वा ग्यालभेनाइज्ड जालीमा ढुङ्गा भरेर बनाइएको तटबन्धनको उत्तम विकल्पको रुपमा मानिन्छ ।

स्थानीय स्रोत र साधनको उपयोग हुने तथा विस्तृत प्राविधिक ज्ञानको त्यति आवश्यकता नहुने भएकोले पनि जैविक तटबन्धनको महत्व बाढी प्रभावित क्षेत्रमा बढ्दै गइरहेको छ ।

शुक्लाफाँटा नगरपालिकाको कार्यालय झलारीले सुनवरा नदीको तिव्र कटानिलाई रोकथाम गर्नको लागि चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा रहेको जैविक तटबन्धन निर्माण कार्यगर्नको लागि नेपाल रास्ट्रीय समाज कल्याण संघ NNSWA एमरेड परियोजना सँग सहकार्य गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाको वडा नं २ रानिपुर समुदाय र वडा नं. ३ को पिपलाडि समुदायमा २०० मिटर जैविक तटबन्ध निर्माणको कार्य शुभारम्भ भएको छ ।

आज एक कार्यक्रम का विच शुक्लाफाँटा नगरपालिकाको वडा नं. ३ पिपलाडी समुदायमां सुनवरा नदी कटान रोकथाम तथा न्यूनिकरण का लागि १०० मिटर जैविक तटवन्धन निर्माण कार्यको उदघाटन शुक्लाफाँटा नगरपालिका का नगर उपप्रमुख कल्पना जोशी पन्त ले गरेका छन ।

१०० मिटर लामो जैविक तटवन्धन निर्माण कार्यको उदघाटन संयुक्त रुपमा नगर उपप्रमुख पन्त र वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरी वाट ४ मिटर वाँसलाई जमिनमा पाइलिङ्ग गर्दै निर्माण कार्यको शुभारम्भ गरिएको छ। उपप्रमुख पन्त ले विपद् क्षेत्रमा काम गर्ने NNSWAएमरेड परियोजना लगायत सवै संघ संस्थाहरुलाई समन्वय र सहकार्य सहित कार्य गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरेका छन ।

गत बर्ष पनि वडा नम्बर १ र ३ मा निर्माण गरिएको थियो त्यसको प्रतिफल राम्रै देखिएको छ। जैविक तटवन्धन निर्माण गरिएको स्थानमा नदीले कटान गरेको छैन,साथै यहाका स्थानीयहरुले समेत जैविक तटवन्धन निर्माण भए पछि समय समय मा हेरचाह गर्ने,संरक्षण गर्ने,यो क्षेत्रमा छाडा पशु चौपायाहरू नछोड्ने र न छोड्ने जानकारी गराउनु हामी सबैको दायित्व भएको समेत बताएका छन।

पिपलाडी समुदायमा सुनवरा नदीले तिव्र रुपमा कटानी भइरहेको अवस्थालाई अध्ययन गर्दा भविष्यमा थप हुनसक्ने कटानिलाई रोकथाम गर्नका लागि चालु आ.व. ०८०।८१ मा छनोट भएको योजना वमोजिम यस पिपलाडी र सुनबरा समुदायमा २०० मिटर जैविक तटवन्धन निर्माण कार्यका लागि नगरपालिकाको तर्फ बाट १ लाख ८० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५४ हजार ९ सय ८९ ( ८२ दिन रोजगारी), जनताको तटबन्ध वाट ४ हजार २ सय पलाष्टिकका वोरा सहयोग (८२ हजार बराबर),समुदाय को तर्फ बाट जनश्रमदान र NNSWA एमरेड परियोजनाको तर्फ बाट रु ९२ हजार २ सय ४१ रुपैया को सहकार्य मार्फत निर्माण कार्य भईरहेको जानकारी NNSWA एमरेड परियोजना का कार्यक्रम संयोजक महेश घिमिरेले जनाएका छन ।

NNSWA एमरेड परियोजना निर्माण कार्यलाई निरन्तरता दिन हल्दुघाट सामुदायिक विपद व्यवस्थापन समितिका सचिव आशिष डंगौरालाई जिम्मा समेत दिईएको छ।

ताजा समाचार

सम्बन्धित समाचार