Saturday, July 20, 2024

एउटा गरिब छोरीको शिक्षा मन्त्री सुमना दिदीलाई खुलापत्र

प्रकाशित:

एउटा गरिब छोरीको शिक्षा मन्त्री सुमना दिदीलाई खुलापत्र
आदरणीय शिक्षामन्त्री सुमना दिदि
नमस्तेमेरो घर सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला, पुनर्वास नरपालिका भन्ने स्थानमा पर्दछ । यहाँको अधिकांस मानिसहरु गरिबीको रेखामूनी रहेका छन् । त्यसमाथि पनि दलित समुदायको आर्थिक, शैक्षिक तथा सामाजिक अवस्था झनै दुर्वल छ  यहाँ धेरै जसो गरिब समुदाय रोजगारीको लागि भारत जाने तथा ज्याला मजदुरी भरमा कष्टपूर्ण जिविकोपार्जन गर्न वाध्य छन् ।

यहाँको गरिब, दलित परिवारहरु मध्ये एक परिवार मेरो पनि हो । मेरो बाबा घर नजिकैको इटा भट्टामा दैनिक मजदुरीमा कठिन र जोखिमयुक्त काम गर्नु हुन्छ । आमाको देब्रे हात राम्रोसंग चल्दैन् । उहाँ आंसिक अपाङ र रोगी हुँनु हुन्छ । मेरो एक जना दाई, दुईजना भाईहरु गरी हामी ४ जना भाई बैनी छौं । म अहिले १४ बर्षकी भए र कक्षा ८ मा पढ्छु । पहिला बाबा भारतमा काम गर्नु हुन्थ्यो । पछि गाउँमै इटा भट्टा खुले पछि बाबा त्यहि काम गर्न थाल्नु भयो । भट्टामा ५ महिनाको मात्र काम हुन्थ्यो । त्यहि कमाईले हामीले १२ महिनाको जोहो गर्नु पर्ने हुन्छ ।
हामी घर नजिकैको सामुदायिक विद्यालयमा पढ्छौं । हाम्रो पढाई राम्रो छ ।

विद्यालयमा संचालन हुँने विभिन्न शैक्षिक कार्यक्रममा हामी उत्तिकै सकृय सहभागि हुन्छौं । मेरो दादाको धेरै पढेर भविष्यमा असल शिक्षक बन्ने सपना छ । म पनि पढेर सेतो कुर्ता सुलवार लगाई नर्स भएर हाम्रा गाउँ घरका गरिब दुखीलाई स्वास्थ्य उपचार गर्ने लक्ष्य बोकेर खुब मेहेनत गरेर पढ्दै छु । हामी दाजु बहिनी मिलेर घरको जिम्मेवारी आफ्नो काँधमा उठाउने, भाईहरुलाई राम्रो शिक्षा संस्कार दिने, बाबुआमालाई राम्रो संग पाल्ने र समाजमा हाम्रा परिवारलाई पनि सम्मानजनक अवस्थामा पुर्याउने अठोट लिएका छौं ।

घरमा आर्थिक भार कम गर्न र हाम्रो पढाईमा बाधा नपरोस् भनेर हामी दाई बैनीले मिलेर बाख्रा पाल्थ्यौं । प्रत्येक बर्ष केहि खसी बाख्रा बचेर विद्यालयको भर्ना शूल्कको जोहो पनि गथ्र्यौ । तर यो साल आमा सिकिस्त विरामी पर्नु भयो । बाख्रा बेचेर आमाको उपचार गुर्न पर्यो । त्यसले पनि नपुगेर बाबाले महंगो व्याजमा ऋण काड्नु भयो । यो घटनाले हाम्रो गरिब परिवारमा ठूलो आर्थिक विचलन आयो । अब यो आपतबाट उम्कने उपाय हामीले खोज्नै सकिरहेका छैनौं ।

यो २०८१ सालको बैशाख महिना विद्यालय भर्ना हँुने बेला आयो । प्रत्येक बर्ष हाम्रो पालिकाले सामुदायिक विद्यालय शिक्षा निशुल्क भएको सूचना निकाल्ने गर्छ । अध्ययन गरे बापत शुल्क तिर्न पर्दैन् । बाबा खुशी हुँदै हामीलाई विद्यालयमा भर्ना जानु भयो । सायद यो बर्ष त् निशुल्क शिक्षा कार्यान्वयन पक्कै भएको होला । हामी बाबा फर्केर आउने बाटो कुरेर बस्यौं । बाबा फर्केर आउनु भयो तर निराश अवस्थामा । हेडसरले त लामो हिसाब किताब थमाईदिनु भएछ । चन्दा, सहयोगको नाममा ।

दादाको ९ कक्षामा भर्ना र मासिक शुल्क ४५ सय, मेरो ८ कक्षामा भर्ना र मासिक शुल्क २ हजार, एक जना भाई ६ कक्षामा भर्ना र मासिक शुल्क १५ सय र अर्को भाई ५ कक्षामा भना हुँन ३०० हजार गरि हामीलाई ८ हजार ३ सयको आवश्यकता पर्यो । यति धेरै पैसा जोहो गर्ने सक्ने हाम्रो अबस्थानै छैन । चन्दा दिन नसके पछि हाम्रो नाम पनि लेखिएन छ । कस्तो दुर्भाग्य हामी जस्ता गरिबलाई भाग्यले त ठग्यो नै, व्यवस्था पनि झुटा आशा देखाएर ठग्छ । संविधानले दिएको मौलिक अधिकार पनि हामीले उपभोग गर्न पाएनौं ।

राज्यले अनिर्वाय र निशुल्क शिक्षाको नीति ल्याएको छ तर हामी शिक्षा हासिल गर्न अनिर्वाय शुल्कको गति भोगि रहेका छौं । हाम्रो घरमा निरासा छायो, अब के गर्ने रु कसरी विद्यालय भर्ना शूल्कको जोहो गर्ने रु यस बिषयको उत्तर नै थिएन हामीसंग । हामी विकल्प बिहीन भयौं । घरको अवस्था हरेर हामीलाई थाहा भईसकेको थियो अब हाम्रो पठ्न पाठ्न यतिमै सिमित हुनेछ । हामी दाई बहिनीले बुनेका भविष्यका सपनाहरु हाम्रा आँखै अगाढि चकनाचुर हुँदै थियो ।

आमालाई उपचारमा लागेको ऋण, व्याज, घरको खर्च र विद्यालय शुल्क ७÷८ हजार, कापी कलम, खाजा, पोशाकको व्यवस्था गर्ने बाबाको अवस्था थिएन् त्यो हामीले पनि स्पष्ट बुझेका थियौं । दादा र मेरो पढाई यात्रा त अब सकिने अवस्थामा थियो भने अब साना भाईहरुको भविष्य पनि सुरक्षित रहेन् । यो देखेर दादा अत्यन्तै चिन्तित हँुदै आफ्नो निर्णय सुनाउनु भयो । म बम्बै जान्छु, पैसा कमाउछु र भाई बैनीलाई पढाउछु ।

म स्तब्ध भए, दादाको त्यो निर्णय सुनेर । उहाँ मेरो प्रेरणाको श्रोत हँुनु हुन्थ्यो । उहाँले मलाई जिवनमा आईपरेका हरेक समस्यासंग सर्घष गर्न सिकाउनु हुन्थ्यो । मेरो दादा मेरो अभिभावक मात्रै हैन् मेरो ‘बेस्ट फ्रेन्ड’ हँुनु हुन्थ्यो । उहाँको मार्ग निर्देशन विना अब कसरी अगाडि बढ्न सक्छु रु हामीले भविष्यका लागि बालाअवस्थामा बनाएका योजनाहरु म एक्लै कसरी पुरा गर्न सक्छु रु उहाँको शून्यतालाई कसरी सहन सकुला रु गरिबको सपनाको कुनै मूल्य नहुँने रहेछ भन्ने आजबाट म स्पष्ट भए ।

यसरी बिचैमा पढाई छोडेर बालाअवस्थामा भारत पस्दा भोली यो समाज, यो देशले कस्तो युवा जनशक्ति उत्पादन गर्ला रु अनि कसरी विकास हुँन सक्छ मेरो समाज, मेरो गाउँको रु मेरा मनमा प्रश्नै प्रश्न तेर्सिए तर जवाफमा जताततै अन्धकार मात्रै भेटिन्थे ।

मलाई थाहा थियो, हामी भाई बहिनीहरुको भविष्य जोगाउन दादाले आफनो बलिदानी दिदै हुँनु हुन्छ । यो मेरो गाउँमा प्रत्येक गरिब घरको समस्या हो । राज्यले हामीलाई दिएको एउटा सामान्य अधिकारबाट त यसरी बञ्चितिकरण हुँनु परेको छ भने कसरी निमार्ण हुन्छ समतामूलक समाज रु कसरी पुग्छ हामी जस्ता गरिब, दलित, उपेक्षित, जनजाति, आदिवासीका बालबालिकाको शिक्षामा पहुँच रु विद्यालयतहको अनिर्वाय र निशुल्क शिक्षा प्राप्तीका लागि त हामीले यत्तिका संर्घष गर्नु पर्दछ, भने कसरी सम्भव छ हाम्रो लागि उच्च शिक्षा रु

मेरो दादा अहिले हामीलाई पढउन परदेश जानु भयो । मेरो मन बैचैन भएको छ । स्कुल जाँदा हरेका दिन दादाको कक्षामा च्याउने गर्छु । मरो आँखाले दादालाई खोज्ने गर्छ । कतै जादु भएर दादा आफ्ना साथीहरुसंग कक्षा कोठामा पढिरहनु भएको त छैन् रु आज मेरो बालमनोवल विक्षिप्त भएको छ । रेडियोमा बजेको सामुदायिक विद्यालयमा अनिर्वाय र निशुल्क शिक्षा सम्बन्धि प्रचार प्रसार आज पनि मेरा कानै फुट्ला झनै गरेर गुन्जि रहन्छ । असैय पिडा हुन्छ । दुवै हातले बेस्सरी कान थुन्छु । मन भक्कानियो, आँखाबाट आशुहरु झरिरहे ।

सुमना दिदि सम्पूर्ण गरिब बालबालिका तर्फबाट म तपाईको अगाडि हात जोड्छु । बिन्ती चढउछु । हामीलाई बास्तवमै निशूल्क शिक्षाको व्यवस्था गरि दिनुस् । राज्यले गरेको निशूल्क शिक्षाको व्यवस्थालाई हामीलाई महशुस गराई दिनुस् । हामी जस्ता गरिब जनताको जिवनस्तर सुधार हुँन शिक्षाको ठूलो आवश्कता छ । हाम्रो समुदायको सशक्तीकरण गर्न शिक्षाको ठूलो आवश्यकता छ । अन्यथा म र म पछिको कयौं सन्तती पनि यहि गरिबी, असमानता र उत्पीडनकै भुमरीमा रुमल्लीएर हराउने छ ।

म जस्ता कलिलो किशोरी र मेरो दादा जस्तो किशोर बिचमै विद्यालय छोडी की त बालविवाह गर्नु वा भारत पस्नुको विकल्प रहदैन् । हामीले तपाईलाई अन्तिम आशाको केन्द्र मानेका छौं । हामीलाई निशूल्क पढ्ने व्यवस्था गरि मेरो दादालाई गाउँ फर्काउने व्यवस्था गरिदिनुस् । मेरो दादाको ठूलो भएर असल शिक्षक भनी गरिबका बालबालिकालाई पढाउने लेखाउने सपना बचाई दिनुस् । यो तपाईको बैनी समान एउटा गरिब, दलित छोरीको दश औंला जोडेर गरेको बिन्ती हो । हामीलाई न्याय दिनुहोस् । तपाईको यो गुन देशका प्रत्येक गरिब विद्यार्थी बालबालिकाहरुको मनमा अमर रहनेछ ।

उहि एउटा गरिब, अभागि छोरी

काली सुनार
पुनर्वास, कञ्चनपुर

 

ताजा समाचार

सम्बन्धित समाचार