मुक्त हलियालाई कानुनी सचेतना

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका मुक्त हलियालाई कानुनी सचेतना गराईएको छ । राष्ट्रिय मुक्त हलिया महासंघ र राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले आईडब्लूएफकोे आर्थिक सहयोगमा मुक्त हलियाहरुलाई कानुनी सचेतना गराईएको हो ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारकाले मुक्त हलियाहरुलाई समेत संविधान, दलित एव मुक्त हलियाका हक अधिकार बारे छलफल गराईएको बताए । ‘मुक्त हलियाले कतिपय कानुनी विषय बारे जानकारी नहुँदा उनीहरुलाई समस्या पर्दै आएको छ, ‘उनले भने, ‘समस्याबाट मुक्तका लागि उनीहरुलाई कानुनी विषय बारे जानकारी गराएका छौँ ।

’कार्यक्रममा राष्ट्रिय मुक्त हलिया महासंघका कार्यक्रम निर्देशक हरिसिह बोहराले कानुनी विषय बारे जानकारी गराएका थिए । मुक्त हलियाले थुप्रै मानव अधिकारका विषयमा जानकारी पाएको बताएका छन । यसैविच राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले मुक्त हलिया समाजका तर्फबाट शिक्षक सेवा आयोग निकालेका शुनिल ओडलाई सम्मान समेत गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार