कञ्चनपुरमा स्याउला काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा–१२ बसन्तपुरमा एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ।

अन्दाजी ६० वर्षीया अहिला देवी बिष्टको बुधवार रुखबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ ।

घर नजिकैको रुखबाट स्याउला काट्ने क्रममा लडेर गम्भिर घाईते भएकी उनलाई उपचारका लागि धनगढीको निसर्ग अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा उनको बुधबार राती मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार