लिटिल बुद्ध एकेडेमीद्वारा मृगौला पीडित नाथलाई ५० हजार सहयोग

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले मृगौला पीडितको उपचारार्थ आर्थिक सहयोग गरेको छ । कञ्चनपुरको महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमीले भीमदत्त–३ का मृगौला पीडित रोशन नाथको उपचारार्थ ५० हजार आर्थिक सहयोग गरेको हो ।

मृगौला पीडित नाथको उपचारमा सहुलियत पुगोस भन्ने ध्येयले विद्यालयद्वारा बुधबार उक्त रकम सहयोग गरिएको प्रिन्सिपल श्याम सिंह मौनीले बताए । नाथले नर्सरी देखि कक्षा १० कक्षासम्म लिटिल बुद्ध एकेडेमीमा अध्ययन गरेका थिए ।

८ महिना देखि दुवै मृगौला फेल भई उपचार गराइ नाथलाई आर्थिक संकट परेको छ । आर्थिक संकटका कारण उपचारमा समेत समस्या भइरहेको उनको परिवार बताउछ । मृगौला पीडित नाथको उपचारमा आर्थिक सहयोगका लागि परिवारले अपिल गरिरहेका छन् ।

May be an image of 1 person and hospital

 

ताजा समाचार

सम्बन्धित समाचार