महेन्द्रनगर । स्कुल अफ डेमोक्रेसीको कञ्चनपुर अध्यक्षमा नविन सिंह धामीलाई मनोनित गरिएको छ । बुधबार स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैन सिंह महरले कञ्चनपुरमा लामो समयदेखि शिक्षण पेशामा आवद्ध धामीलाई जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।

०६८ सालदेखि स्थापना गरिएको स्कुल अफ डेमोक्रेसीले समाजको लोकतान्त्रिकरणलाई अभियानका रुपमा सञ्चालन गर्दै आइरहेको छ । समाजवादी लोकतन्त्रलाई नागरिककको जीवन स्तरसम्म जोड्न उक्त संस्थाले विभिन्न किसिमका वकालत गर्दै आइरहेको केन्द्रीय अध्यक्ष महरले बताए ।

उक्त अभियानलाई संस्थाले थालेको यात्रामा शिक्षक एवं समाजसेवी धामीको भूमिका र योगदानलाई आवश्यक ठानी संस्थाको विधान २०६८ को पहिलो संसोधन २०७७ को परिच्छेद–५ दफा १२ अनुसार कञ्चनपुर जिल्ला अध्यक्षमा मनोनित गरिएको केन्द्रीय अध्यक्ष महरले बताए ।




