भारतको नैनितालमा गाडी दुर्घटना हुँदा कञ्चनपुरका सात नेपालीको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। नैनिताल जिल्लामा भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको मृत्यु भएको हो।

मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।

सोमवार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार माध्यामहरुले बताएका छन्। स्टेट डिजास्टर रेस्पोन्स टिम ९एसडिआरएफ०को टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो।

उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट ८ जनाको शव निकालेको थियो। मृतक सात जना महेन्द्रनगरका रहेको बताइएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार