गहुँ बाली सखाप हुँदा किसान चिन्तित

प्रकाशित:

महेन्द्रनगर । गत आर्थिक वर्ष यो समयमा खेत बारीमा गहुँका बाला हाल्न सुरु भएर चैतको महिनामा किसानहरू गहुँ काट्न सबेरै उठेर खेततिर जाने गर्छन् । तर, समयमै वर्षा नहुँदा कृषकले गहुँ उत्पादनमा यसपालि घाटा ब्यहोर्नु पर्ने बताउँछन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-१९ का स्थानीय किसान प्रेम लाल रानाले १ बिघा जग्गामा गहुँ उत्पादन गर्दै आइरहेका छन् । उनि भन्छन खेतिपातीको समयमा किसानले प्रत्येक वर्ष विभिन्न किसिमका समस्याहरू झेल्दै आउँनु पर्ने हुन्छ । कहिले सिँचाइको समस्या हुन्छ भने, कहिले गहुँ बालीमा विभिन्न रोगहरू लागेर गहुँ नै मर्ने गरेको रानाले बताए । जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिँदै आएको छ् ।

दुईसता अगाडि आएको हावाहुरी सँगै भारी वर्षाका कारणले गर्दा रानाको १ बिघा जग्गाको पुरै गहुँ क्षेती भएको बताउँछन् । उनले भने, ‘गहुँमा सिँचाई गर्ने समयमा किसानहरूले प्रत्येक दिन पानीको लागि नहर तिर धाउनु पर्ने हुन्छ तर, गहुँमा सिँचाइ गर्न नहरमा पानी पाइँदैन । अहिले गहुँ काट्न अब एक हप्ता पनि बाँकी नहुँदा बेमौसमी आकाशे पानीको कारणले गर्दा जम्मै गहुँ नै सखाप भएको देख्दा रातीको निन्द्रा हराउने स्थानीय किसान रानाले बताए ।’ त्यसैगरी गत आर्थिक वर्ष १ बिघा जग्गामा २४ क्विन्टल गहुँ उत्पादन भएको रानाले बताए ।

रानाले भने, ‘२४ क्विन्टल गहुँ बटा १ क्विन्टलको ५ हजार रुपैयाँमा २० क्विन्टल गहुँ बिक्री गरेर १ लाख रुपैयाँ आम्दानी कमाएको थिए भने, अहिलेको समयको गहुँको वाली देख्दा १ बिघा जमिनमा ५ क्विन्टल गहुँ समेत उत्पादन नहुने अनुमान गरेको रानाले बताए ।’ रानाका अनुसार गहुँमा उम्रेको घाँस मार्नको लागि छरेको औषधिले गहुँ नै मरेको थियो भने, बाँकि रहेको गहुँमा गहुँको फूल फुल्ने समयमा रोग र किरा लागेर नै सखाप भएको बताउँछन् ।

उनले भने, ‘परिवारमा ९ जना सदस्यहरू छन्, उनीहरूले खानको लागि समेत गहुँ उत्पादन हुन्छ कि हुँदैन भन्ने चिन्ताले सताइरहने उनले बताए ।’ त्यसैगरी रानाले तराईमा राम्रो उत्पादन हुँदै आएको भृकुटी, गौतम जातको गहुँ उत्पादन गर्दै आइरहेका छन् । उनले गहुँको बिउको लागि भारतको खटेमा देखि १ केजी गहुँको ५० रुपैयाँ भारुका दरले ५० केजी गहुँको बिउ खरिद गरेर ल्याउने गरेका छन् ।

रानाले मौसम अनुसारको खेतिपाती गरेर राम्रो आम्दानी कमाउँदै आइरहेका छन् भने, यसपाली उत्पादन गरेको गहुँबाट चित्त बुझ्दो उब्जनी नहुने पिरले राना निकै दुःखी भएको बताउँछन् । गत सता आएको आकाशे वर्षा र हावाहुरीका कारणले गर्दा रानाले उत्पादन गर्दै आइरहेका पुरै गहुँ सखाप भएको छ् भने, यसले गर्दा गहुँ उत्पादनमा निकै नै गिरावट आउँने देखिएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार