Saturday, July 27, 2024

स्वच्छन्द हैन स्वतन्त्र

प्रकाशित:

-लक्ष्मी प्रसाद जोशी ।
विश्व मानचित्रमा नेपाल कसैको पराधिन नभई स्वतन्त्र राष्ट्रका रुपमा रहि आएको हो । उहि जनता, उहि भुगोल, उहि संस्कृति र सभ्यता हुँदा हँुदै पनि नेपालमा पनि स्वतन्त्रताको पक्षमा आवाज उठ्दै गरेका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

राणा कालमा जहानिया शासनशैली विरुद्ध स्वतन्त्रताका लागि जनताले आवाज उठाए । जसबाट राजनीतिक स्वतन्त्र प्राप्त भयो । समय बलवान हो, मानविय स्वभावले समयानुकुल परिवर्तन चाहान्छ , यहिक्रममा नेपालमा पनि वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रताको आवाज उठ्दै ग¥यो र मुलुकले प्राप्त ग¥यो, यो सुखद पक्ष हो ।

स्वतन्त्रता आफैमा संबेदनशिल र शुष्म विषय भएको हुँदा यस्को उपयोगमा सजगता अपनाउनु आवश्यक मानिन्छ । आफ्नो स्वतन्त्रताको उपयोग गर्दा अरुको स्वतन्त्रताको हनन नहुने गरि गरिनु पर्दछ । यो मान्यतामा अहिलेको आम संचार खरो र दरो छ छैन ? आत्म मुल्याङ्कनको विषय हुन सक्दछ ।

शासनशैलीमा प्रजातन्त्र हँुदै गणतन्त्रको घोषणा पश्चात मुलुकमा आम संचार जगतले ठुलै फड्को मारेको छ । मुलुकमा विद्धेमान यावत समस्याहरुको उठान गर्न समक्ष र जनताको चाहाना अनुसार देश हाक्न सवल बनाउन संचार क्षेत्रले विगतमा खेलेको सकारात्मक भूमिकाको स्मरण त्यो क्षेत्रको सम्मान हो ।

जनसंख्या, भुगोल र आर्थिक गतिविधी हेर्दा नेपालमा संचार गृह धेरै मात्रमा स्थापित छन । मिसन पत्रकारिताको युग व्यवसायिक संचारको युग सम्म आइपुग्दा आम संचार गृह र संचारकर्मीहरुको स्थिती र अवस्थाको बारेमा सोच्दा पत्यार लाग्ने अवस्था पनि देखिन्छ ।

अबको समय सञ्चार माध्यमले प्रजातन्त्र हुँदै गणतन्त्र सम्म आइपुगेको राजनीतिक अवस्थालाई गाँण (गल गाँण) तन्त्रमा परिवर्तन गर्न हेक्का राजनीतिक अगुवा दलहरुले गर्न नसक्ने भनेर जनमानसलाई सचेत गराउन र स्वयम रहनुपर्ने देखिन्छ ।

सकारका कमि कमजोरी उजागर गर्न र सरकार र सरोकारवालासंग प्रश्न गर्नु संचारकर्मीको कर्तव्य हो । संचार माध्यममा उठाइएका जनसरोकारका सवालमा सत्ता पक्ष सजग भयो, भएन ? कोट्याइएका कमी कमजोरीलाई सुधर गर्ने तर्फ उन्मुख भयो भएन हेर्नै पर्ने हुन्छ अन्यथा सत्ता पक्ष मनपरितन्त्रमा फसेको भन्ने करै लाग्छ ।

अहिले शासन सत्तामा सञ्चार क्षेत्रमा संलिप्त भएसकेका व्यक्तिहरुको दरिलो उपस्थिति छ । संचारकर्मीहरुका लागि खुसी लाग्न सक्छ । तर सञ्चार र सत्ता कहिले एक हुनु हुदैन भन्ने मान्यता बिर्सनु हुदैन । सञ्चार मानविय सभ्यता र सु–संस्कृत समाज निमार्णका लागि महत्वपुर्ण क्षेत्र हो । त्यसअर्थ यस क्षेत्रले कार्य सम्पादन गर्दा अथवा स्वतन्त्रता पुर्वक आफ्नो कर्तव्य पालना गर्दा अरुको स्वतन्त्रताको ख्याल गर्नु अनिवार्य हुन्छ । स्वच्छन्द भई सम्पादन गरिएको काम स्वतन्त्र पूर्वक गरिएको ठह¥याईदैन ।

(लेखक जोशी आभाषकुञ्ज दैनिकका सल्लाहकार हुन् ।)

 

ताजा समाचार

सम्बन्धित समाचार