Thursday, May 30, 2024

आवा देखि टिकटक सम्म

प्रकाशित:

-प्रभु निधी पन्त
मरो जन्मथलो घनघस्यालेकको ठेक नजिकै पर्छ । जहाँसम्म मलाई सम्झना छ म वाल्यकाल देखिनै म आफनो काम बाहेकको बाकी समय विहान साँंझ आफनो घर नजिकको पसलतिर गएर बस्ने गर्थे । मेरो सानै देखि लागेको पसलमा बस्ने यो वानी अहिले चालिस कटीसकेपछि पनि मैले निरनतरता नै दिएको छु । सानै देखि लागेको यो मेरो पसलमा जाने राम्रो वानी भनौ या नराम्रो वानी अहिले सम्म छुटन सकेको छैन। म आजभोली पनि फुर्सद भयो की घरमा बस्दैन नजिकैको पसलमै गएर बस्ने गर्छु ।

आज भन्दा करिव ३७ बर्ष अगाडीको कुरा हो मलाई धेरै राम्ररी त सम्झना छैन । जहाँ सम्म मलाई सम्झना छ , मंसिरको महिना थियो मधुरो घाम लागेको थियो म घर नजिकैको छिमेकीको पसलमा एक जना नातामा मेरो अंकल पर्ने संग जो आफनो मामा घरमा बस्थे उनि संग नेपालकै सबैभन्दा पुरानो चाउचाउ रारा खाई रहेको थिए । त्यतिकैमा बैनी रुदै आई बाजे बिते मदेशमा भन्देै घर जाउ भन्न लागि म भने त्यो तातो चाउचाउ छोडने मुडमा थिएन । ति काका नाता पर्ने ले अव चाउचाउ नखाउ जाउ घर भने पछि म बैनी संगै घर तिर लागे घरमा पुग्दा आमाले पोष्टमेन वुबज्यु (ससुरा)आया थ्या पाटन आवा आया रैछ तेरा बज्या मदेश बिते अल्यै तेरा वावा महेन्द्रनगर गया ।

म जन्मेको घर पाटन एर्पोट नजिकै पर्छ । मेरा गाउका एक जना पोष्टमेन थिए जो नातामा मेरा बाजे पर्थे । उनै पोष्टमेन बाजेले हाम्रा गाउका चिठि ल्याउछन भन्ने त थाहा थियो तर यो आवा को वारेमा मलाई केहि थाहा थिएन । मेरो वाजे वितेको खवर पनि पोष्टमेन बाजेलेनै ल्याएका रै छन । म अलिअलि लेखन पढन सक्ने भैसकेकाले मैले आमालाई आवा काहाँ छ म पनी हेर्छु भनेर भन्न थाले मेरी आमा शाक्षर भएकाले मलाइ सम्झाउन धेरै प्रयास गरिन तर सकिनन् अन्त्यमा मा मलाई पाटन एपोर्ट मा हावा लागे हल्लीने सेतो र रातो रंगको कपडाले बनाएको लामो गोलो आकारमा पाइप जस्तो देखिने वस्तु देखाउदै भनि उ त्यो हावाइ जाहाज को घरमा राखेको झण्डा हो तेतै सुनीन्छ भनेर भने पछि म चुप लागे । त्यो दिन देखि मेरो मनमा यो आवा भन्ने बस्तु कपडाको झण्डा रैछ जसवाट खबर सुनिन्छ भनेर म ढुक्क भए ।

२०४८ साल तिर हाम्रो परिवार पहाड बाट तराइ वसाई सराई सरेपछि मैले त्यो आवा घरको झण्डा २०५७ सालमा काठमाण्डौ जादा मात्र देखेको थिए । तराइमा आए पछि पनि मेरो पसलमा बस्ने बानि हटेन । तराई कञ्चनपुर बसाई कृष्णपुर को पूर्व पश्मि राजमार्ग भन्दा मेरो गाऊको घर करिव एक किलोमिटर जती भित्र उत्तर तिर छ म त्यहाँ बाट हिडेर राजमार्ग मा रहेको स्थानिय बजार का रहेका पसलहरुमा बस्न हिडेर आउने गर्थे ।

एक दिन माघीको विदामा म त्यहि राजमार्ग मा रहेको स्थानिय बजार मा रहेको एउटा खोकामा बसेर कुरा गर्दे थिए माओवादी को जनयुद्ध चलिरहेको थियो म बसिरहेको बेला दिउसो तिर एकासि युनिफाइड कमान्डको टोली आएर सोधपुछका क्रममा मैले लगाएको गोल्डस्टार जुत्ताको कारण झनै टोलीमा रहेका सुरक्षाकर्मीको हातबाट कुटाइ खाएको थिए, संयोग ले त्योटोलीमा एक जना मै संग क्याम्पस पढेका सुरक्षाकर्मी रहेछन र बाचियो ।

त्यो दिन देखि मेरो सानै देखि लागेको पसलमा बस्ने बानिमा केहि समयका लागि बिराम लाग्यो । समय विदै गयो सञ्चार को माध्यम आवा भन्ने मेरो मानसपटल बाट विस्तारै हटदै गयो । म खवर आदानप्रदान गर्ने माध्यम चिठी नै हो भन्ने मा ढुक्क थिए ।

उमेर बढे संगै पत्रमित्र का माध्यमबाट साथिहरु वनाउने माहोल चलिसकेको थियो । केटा मान्छे अक्सर केटीमान्छे लाई साथी वनाउन चाहान्थे । पत्राचार गर्दा केटा मान्छे पनि केटीमान्छेलाई पत्र पठाउनु पर्ने भए केटीमान्छे को नाम लेखेर पठाउने गर्दर्थे । पत्रमित्र को समय चलेकै थियो प्रविधीले फडको मार्यो गाऊघरमा एऋइ को जमना आयो । पिसिओ बाट आफन्त साथीभाईलाई फोनगर्न घण्टौ कुर्नु पर्ने हुन्थो ।

वादल लागेको दिन त झन फोनै नलाग्ने पनि हुन्थो । म पनि प्रमाणपत्रतह इन्टरको को परिक्षा दिएर सामाजिक संस्थामा काम गर्न थाले । त्यहि क्रममा देशका बिभिन्न स्थानहरुमा कार्यक्रको सिलसिलामा जादा खेरि साथिहरु वन्दै गए ।

कार्यक्रममा भेटभएका साथीहरु प्राय सबै जसो पिसिओ को नम्वर दिन्थे । सबै जसो सहभागि भन्थे फोन गर्दा ३,४ घण्टामा बोलाइ दिन्छ कोहि भन्थे १ दिन पछि म खवर पाउछु । मैले यसरी नै पिसिओको माध्मबाट साथिहरु सित खवर आदान प्रदान गर्थे । केहि समय पछि माओवादीको जनयुद्धले अवरुद्ध भएको सञ्चार सेवा ६२/६३ सालको जनआन्दोलन पछि मोवाइल फोनको समय आयो ।

सुदुरपश्चिममा अलिले पनि दाइले आफनो भाइको श्रीमतीलाई नछुने चलन छ । जसको कारणले होला एक जना मेरा साथीका आन्टी नाता पर्नेले उनको जेठाजुको फोन आउदा फोन उठाए पछि आफना जेठाज्युको आवाज सुनेपछि हतारहतारमा फोन नै राखि दिएको कुरा बताएका थिए । तेस्तै मेरा छिमेकी को घरमा फोन आएछ फोन उनको बुहारी ले उठाए छन बुहारीले आफनी सासुलाइ सम्धीको फोन आएको जानकारी गराए पछि उनकी सासु कपाल धोती मिलाएर फोन उठाउन जादा बुहारीले तपाईका सम्धीले देख्ने होइनन भनेपछि तयार हुन छोडेको कुरा वताएका थिए ।

त्यो समयमा अवाको सबैले बिश्वास गर्थे सरकारी कामकाज देखि निजी कामकाज सम्म सबैको बिश्वासिलो माध्यम आवा थियो ।चठी कोे बिश्वास गरिन्यो तर समय परिवर्तन सगै लेण्डलाइनमा फोन कसको फोन हो भनेर भनेर कलर आइडी जोडिन्थो ।

जसले गर्दा घरमा केटाकेटीले फोन गर्दा र आउदा सजक हुनुु पथ्र्यो । विस्तारै मोवाइलको जमाना आयो सुरु सुरुमा त मोवाइल सालेन्समा गएको थाहा नपाए पछि प्रयोगकर्ता मोवाइल वनाउने पसलेले को जान्थे । पसलेले एक दुइ घण्टा पछि आउनु भनेर २०० रुपया सम्म लिएको पनि यो पंतीकारले देखेको छ ।

पहिले को जमानामा चिठि कसको हो भनेर हेर्ने , फोनमा कलरआइडी राखे जस्तै आजभोली भिडियो कल गरेर अवस्था चेक गर्ने गरिन्छ । केहि वर्ष अघि यो पंतिकारको एक जना साथिको घरबाट श्रीमति ले गरेको फोनमा कुरा सकेर फोन काटन बिर्षे पछि साथी काठमाडौबाट घरफर्के पछि श्रीमती लाइ ठुलै स्पष्टीकरण दिनु परेको थियो । आजभोली साथिले घर वाहिर गएमा श्रीमतिजी लाइ भीडियो कलनै गरेर कनफर्म गर्नू पर्छ रे म या छु भनेर ।

पहिला पहिला जिल्लामा एउटै आवाले काम चलथ्यो , त्यसको केहि समय पछि एउटा पिसिओ ले पुरै गाविस भ्याएका हुन्थे ।अहिले एउटै घरमा ल्याण्ड लाइन फोन, घरका प्राय सबै जसो सदस्यको हातमा आफनो ब्यतिगत फोन हुन्छ र पनि केहि संग केहि बेर सम्पर्क नहुदा उनिहरु तनावमा जान्छन ।

यो सञ्चारमा आएको विकासले जतीफाईदा गरेको छ त्यती नै यसको प्रयोग गर्न नजानेर हो या यसको दुरुपयोले ठुलै वेपालइदा पनि गरेको छ । अहिले सञ्चार माध्यको प्रयोगले प्राय धेरै जसो एकल काटे वनाएको छ । पहिले पहिले घरमा पाहुना आउदा सवैभन्दा पहिला दुधदिने के छ बाख्रा कुखुरा के छन भनेर सोधने गर्थे।

आजभोली सवैभन्दा पहिला घरमा पाहुना पुग्दा वाइफाइको पासवर्ड सोधने गर्छन । पहिला पहिला घरपरिवा को त कुरै नगरौ छिमेकी समेत एक ठाउमा बसेर आगो ताप्ने कुरा गर्ने गर्थे । नव विहाहित जोडिले समेत आफनो सुहाग रातको लागि दिन को त कुरै नगरौ महिनौ कुर्नु पर्ने हुन्थो ।तर विडम्वना अहिले नव विवाहित दुलाहा दुलहि पनि आफनो पहिलो सुहाग रातको दिनमा समेत एक चोटी दुवै जना सामाजिक सञ्जालको संसरमा घुमेर मात्र एक आर्काको अंगालोमा बाँधिन्छन । विवाहित श्रीमान श्रीमति समेत एकै ओक्षानमा सुते पनि एकातिर श्रीमान फर्केर आर्काे तिर श्रीमती फर्केर मोवाईल चलाई रहेका हुन्छन ।

हो समय सापेक्ष रुपमा मानिसले आफुलाई परिर्वतन गर्नु पर्छ विज्ञानले आविस्कार गरेका सवैकुरा हाम्रा लागि उपयुक्त छन भन्न पनि सकिदैन त्यो आविस्कार त्यो ठाउको माटो सुहाउदो ,परिवेस सुहाउदो हुनु पर्दछ । आजभन्दा १५ २० वर्ष अगाडी रेडियो नेपालमा आउने परिवार नियोजनको अस्थाइ साधन ढालको प्रचार आउदा रेडियो बन्द गरेको सम्झना रामै्र छ भने टिभी पिल्मामा बालाल्कार, चुम्वन गरेका दृय आवदा घर परिवारका असश्य हुने गर्थेो हलमा mिल्म लाग्दा परिवार सित हेर्नलायक छकी नाइ भनेर एकीन गरेर मात्र हेर्न गइन्थो तर आजभोली जति अश्ललील दृश्य को छ त्यती हेर्ने गरिन्छ ।

पहिलले पहिले पढाउने शिक्षक प्रध्यापकहरले बिभिन्न लेखकले लेखेका कितावहरु अध्ययन गरेर नोट तयार गरि पढाउथे भने अज भोलि सबै कुराको खोजी गर्ने माध्यम सामाजिक सञ्जाल लाई वनाइरहेका छन । आफनो मतिष्क को प्रयोग कमै गरेको पाइन्छ । अरुले खेजी गरेर राखेका अरुको विचार लाई प्रयोग गर्नु भनेको आफुलाई पछाडि धकेल्नु हो जस्तो लाग्छ । म आफु स्कुल पढदा जे सरले पढायो त्यै पढीन्यो अहिले को जस्तो समय थिएन। हम्रो पालामा एसएलसि परिक्षाको को रिजल्ट हेर्न करिव ३ दिन कुर्नु पथ्र्यो ।

आजभोली सानो कुरा को वारेमा आफना नानीवावुले सोदा होस या शिक्षले बिद्यार्थी लाइ पढाउदा सजिलो उत्तर आउने गर्छ गुगल मा सर्च गर्नूृ । गुगलमा राख्ने ले त आफनो कुरा राखेका होलान उनिहरुले आफनो प्रचार गरेका होला तर हामीले त हामा्रकला संस्कृती स्थानको बारेमा आफना नानी वाुहरुलाई जानकारी गराएर लेख्न लगाउनुको सटा हामी गुगल को प्रयोग गर्न लगाउछौ ।

हामीले लोक सेवाको तयारी गर्न त आफनै दिमाग को प्रयोग गर्नु पर्छ होला नी परिक्षामा त गुगल लाई सोध्न त मिल्दैन होला नी हो सन्दर्भ सामग्रीको रुपमा गुगल लाइ लिनु राम्रो हो तर आफु मोवाइलमा व्यस्त रहने कारण आफना छोराछोरीलाइ गुगलको बाटो देखाउनु आफनो खुटामा आफै बन्चरो आननु हो ।

करिव ४ दशक पहिला सुदुरपश्चिमको एकमात्र सञ्चारको माध्यम रेडियो नेपालमा हाम्रो सहज पहुच थिएन । हाम्रा डेउडा ठाडिभाका धुमारी रेडियो नेपाल बाट विरलै बज्दथे । तिलक सिह पेला जस्ता श्रष्टा ओझेलमा परेका थिए । सामाजिक सञ्जालका कारण अहिले हाम्रा काल संष्कृतीले स्थान पाएका छन । अहिले सामाजिक सञ्जालमा सबैको पहुच छ, ।

सामाजिक सञ्जालको टिकटक चलाउन एक जना अछामका महिलाले आफनो भैसी बेचेको समाचार आएको थियो । धेरै व्यक्तिहरुले यसको सहि प्रयोग गरेर करोडौ रुपया कमाइरहेक पनि छन । त्यकारण आजभोली सामाजिक सञ्जालको प्रयोग कार्ताहरु बढीरहेका छन । सामाजिक सञ्जाल र आधुनिक प्रविधीको विकासलाई अवसरको रुपमा लिएर यसको सदुपयोग गरौं ।बढदो आधुनिक प्रविधीको प्रयोगलाइ यदि गलत रुपमा प्रयोग गर्ने हो भने यसले कालान्तरमा विराल रुप लिने निश्चित छ ।

(लेखक पन्त उपभोक्ता हित संरक्षण मञ्च नेपालका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष हुन ।)

ताजा समाचार

सम्बन्धित समाचार