महेन्द्रनगर । कञ्चनपुरको नेपाल बाल संगठन (बाल मन्दिर)को जमिनमा विगत लामो समय देखि बस्दै आएका स्थानीयहरुले आफुहरु अतिक्र्मणकारी नभएको बताएका छन । बाल संगठन कञ्चनपुरले आफ्नो जमिन खाली गराउनका लागि प्रशासनसंग आग्रह गरेर चैत्र १४ गते सूचना समेत जारी गरेपछि (बाल मन्दिर)को जमिनमा बस्दै आएका स्थानीयहरुले आफुहरु अतिक्र्मणकारी नभएको बताएका हुन । बाल मन्दिरको जमिनमा बस्दै आएका खोक्रा छाप्रा संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै आफुहरु अतिक्रमणकारी नभएको बताएका छन ।

खोक्रा छाप्रा संघर्ष समितिका संयोजक डम्बर बहादुर खडकाले बाल संगठनले एक्कासी छापामारशैलीमा सूचना जारी गरेर आफुहरुलाई अतिक्रमणकारीको संज्ञा दिएकोमा आपत्ति प्रकट समेत गरेका छन । त्यसैगरी संयोजक खडकाले आफुहरु २०५४ सालदेखि सम्झौता गरेर नै उक्त जमिनमा बस्दै आएको र २०६४ सालदेखि सम्झौता नगरेता पनि आफुहरुले ५ हजार रुपैँया भाडा तिर्दै आएको बताए । उनले भने,’हामी बाल संगठनको जमिनमा खोजी खोजी आएका होइनौ, बाल संगठनले नै हामीलाई जमिन दिएर भाडामा बसालेको हो, अहिले अतिक्रमणकारी भनिरहेका छन, तर हामी होईनौँ । उति बेलै बाल संगठनले जमिन लिजमा लिएर आफुहरु बसेको र अहिले आएर आफुहरु माथि घात भएको संयोजक खडकाले बताएका छन ।’

संयोजक खडकाले आफूहरु संग सम्झौता नगर्ने तर सार्कदेखि अपि फर्निचरलाई भने भाडामा लिएको बताए । उनले भने,‘निमुखामाथि अन्याय ठुलामाथि न्याय भएको छ । वास्तविक सरकारी, सार्वजनिक अतिक्रमण भएको जमिन खाली गराउनुपर्ने उनले बताएका छन ।’ त्यसैगरी उक्त क्षेत्रका स्थानीय जित बहादुर बमले पहिल्यै हामीहरु माथि अन्याय नहोस, अन्यतिर अतिक्रमण भएको जमिन हटाएर आफू स्वत हट्ने बताए । उनले भने,’बाल संगठनले आफुहरुलाई हटाएर उक्त ठाउँमा सटर बनाउने योजना बनाएको छ । पैसा हुनेलाई फेरीपनि सटर दिने तयारी छ, अहिले हामीहरु माथि अन्याय भईरहेको बमले बताएका छन ।’

बाल संगठनकै जमिनमा २५ वर्षदेखि बस्दै आएका अर्जुन कडरियाले बाल संगठनले नै आउ बस भन्दै बसालेर अहिले आएर अन्याय गरिरहेको बताए । उक्त बाल संगठनको जमिनमा बनेका संरचना भाडामा लिइएका छन भने, हामीहरुमाथि मात्रै किन एक्सन भयो भन्दै उनले प्रश्न समेत गरेका छन । कञ्चनपुरका राजनीतिक दलहरुले समेत बाल संगठनको जमिन लिजमा लिएर अहिले जंगीशासनमा उठान खोजेको भन्दै शुरुमा नगर विकास समितिको अतिक्रमणकारी माथि एक्सन हुनुपर्नेमा जोडदिएका छन ।
नेपाली काँग्रेस भीमदत्त नगरका सभापति अच्युतराज कलौनीले सरकारले वास्तविक अतिक्रमण गरेको जमिन हटाउन एक्सनमा जानुपर्ने बताए । उनले भने,’हाम्रै भीमदत्त नगरमा समेत थुप्रै सरकारी जमिन अतिक्रमण भएको छ, पहिले नगर विकास समितिको जमिनमा रहेका अवैधानिक संरचना हटाउनुपर्छ, बाल मन्दिरमा रहेका सबै संरचना हटाएपछि मात्रै खोका छाप्राहरु पनि हटाउनु पर्ने उनले बताएका छन ।’ कलौनीले गरिखाने मजदुर हटाएर आफु निकटलाई सटर बनाएर दिए त्यो मान्य नहुने बताउँदै उनले कुनै विकल्प र समय दिनुपर्ने बताए ।’ त्यसैगरी नेकपा एमाले जिल्ला सदस्य रामचन्द्र रेग्मीले अतिक्रमण हटाउने नाममा निमुखा माथि प्रहार गर्न नहुने भन्दै उनले बाल संगठनले नै बस्न दिएका स्थानीयहरु माथि अन्याय गर्न नहुने बताए । उनले भने,’पैशा हुने अपि फर्निचर, सार्क स्कुलाई २०÷२० वर्षका लागि भाडामा दिने र गरिखाने गरिब मजदुरमाथि अन्याय गर्ने यो हाम्रो पाटीलाई स्वीकार्य हुँदैन भने, उक्त विषयमा सबै निकायले जिम्मेबार हुनुपर्ने बताए ।’
नेकपा माओवादीका नेता पदमराज जोशीले बाल संगठनले नै दिएको जमिनमा बस्दा अतिक्रमणकारीको बिल्ला भिराउने काम निन्दनिय भएको बताए । नेता जोशीको निमुखा जनतामाथि अन्याय गर्न नहुने र वास्तविक सरकारी जमिन अतिक्रमणकारी माथि डण्डा बजाउनुपर्ने भनाइ रहेको छ । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका सचिव लाल बहादुर कुँवरले वास्तविक सरकारी जमिन अतिक्रमणकारीमाथि एक्सन गर्नुपर्नेमा सम्झौता अनुरुप सरकारी निकायले नै बसालेका जनतालाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन । त्यसैगरी नेपाल बाल संगठनका अध्यक्ष राम बहादुर बुढाले उक्त जमिन बाल संगठनको योजना अनुरुप बाल उद्यान बनाउनका लागि खाली गर्न लागेको बताए । उनले भने,’उक्त जमिन खाली गर्नका लागि १ वर्ष देखि नै सार्वजनिक सूचना जारी गरिसकेका थियौँ तर, उक्त सूचना प्रश्चात समेत कसैले खाली गरेन्न भने, सार्क र अपिको छुट्टै समस्या हो । खोकाछाप्राको सम्झौता सकिएको हो तर, अपि र सार्कको बाँकी नै रहेको अध्यक्ष बुढाले बताएका छन ।’