महेन्द्रनगर । कञ्चनपुरका पत्रकारहरुले होली खेलेर जुटाएको केही रकमले अनाथालयमा शैक्षिक तथा खेलकुद सामग्रीहरू वितरण गरेको छन् ।

आज बुधबार पत्रकारहरूले एक कार्यक्रम आयोजना गर्दै कञ्चनपुरका क्रियाशील पत्रकारहरुले होली खेलेर संकलन भएको रकमबाट महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयका बालकालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

पत्रकारहरुले समाजिक कार्य गर्ने उदेश्यले होली खेलेको केही रकमबाट अनाथानालयमा शैक्षिक तथा खेलकुद सामग्रीहरू जस्तै : भलिबल, नेट, ब्याडम्यानटिन, फट्टा, कवर, औजार बक्स, कलम, स्केल, पेपर लगायतका सामाग्रीहरू वितरण गरिएको कञ्चनपुर पत्रकार महासंघका सचिव तथा जनसरोकार पोस्टका सन्चालक राजेन्द्र अवस्थीले बताएका छन् ।

उनले भने‘ कञ्चनपुरका पत्रकारहरुले रमाइलोको लागि यसपाली पहिलो पटक होली खेलेको केही रकमबाट हामीले अनाथालयमा बालबालिकाहरूलाई शैक्षिक तथा खेलकुद सामग्रीहरू वितरण गरेका छौँ, उनले भने, “बाँकी रकमले भोलि बृद्धाश्रममा कार्यक्रम राखेका छौं र केही रकम पत्रकारहरुलाई अध्ययन अवलोकन भ्रमणको लागि समेत खर्च छुट्याएको बताए ।’
शैक्षिक र खेलकुद सामग्रीहरू वितरण कार्यक्रममा पत्रकारहरु, महिला अधिकारकर्मी, अनाथालयका अध्यक्ष लगायत बालबालिकाहरुको उपस्थिति रहेको थियो ।