भेटेरिनरी अस्पता कञ्चनपुरद्धारा एकल महिलाहरुलाई बाख्रा वितरण

प्रकाशित:

महेन्द्रनगर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले एकल महिलाहरुको कृषक समुहलाई अनुदान स्वरुप बाख्रा वितरण गरेको छ ।अस्पतालले जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर २ महोलियामा रहेको सफलता एकल महिलाको कृषक समुहलाई अनुदान स्वरुप बाख्रा वितरण गरेको हो ।

शनीबार एक कार्यक्रमका विच समुहमा आवद्ध ४७ जना एकल महिलाहरुलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको अनुदानमा प्रति व्याक्ति १ बाख्रा पर्ने गरी ४७ वटा बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका सुचना अधिकारी खड्क पाण्डेले बताए ।

सफलता एकल महिला कृषक समुहमा आबद्ध दलित, आर्थिक स्थितिले विपन्न रहेका एकल महिलाहरुको जिविकापार्जनमा टेवा पुगोस् भन्ने हेतुले बाख्रा वितरण गरिएको पाण्डेको भनाई रहेको छ । सफलता एकल महिला कृषक समुहकी अध्यक्ष जानकी देवि पाण्डेले सरकारले एकल महिलाको आर्थिक स्थिति बलियो बनाउन, महिलाहरुलाई बाख्रा वितरण गरेको हुदा खुसि व्याक्त गरेकि छन् । परिवारको खम्मबा श्रीमान गुमाएका महिलाहरुलाई घर–परिवार पाल्न गाह्रो पर्ने भएकाले सरकारले अनुदान स्वरुप वितरण गरेको सहयोगले जिविकोपार्जन मा धेरै सहयोग पुग्ने समुहका आवद्ध महिलाहरुको भनाई रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार