Saturday, July 27, 2024

जानकी टोल जग्गा लिलामबाट कुमारी बैंक पछि हट्न बाध्य, तीन महिनाभित्र वास्तविक जग्गाधनीलाई फर्काउने

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ श्रीकृष्ण टोलस्थित थम बहादुर विकको तीन कट्टा ११ धुर जमिनको लिलाम प्रक्रियाबाट कुमारी बैंक पछि हट्नु पर्ने बाध्यतामा पुगेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

तीन महिना अघि बैंकको मिलेमतोमा ५७ लाख ५० हजारमा गरेको जग्गा लिलाम विवादित बनेपछि बुधबार सर्वपक्षीय बैठकमा बैंकले पछि लिलाम रोक्का गरी वास्तविक जग्गाधनीलाई फर्काउने निर्णयमा हस्ताक्षर गरेको छ । लिलाम जग्गामा विवाद आएपछि बुधबार भीमदत्त नगरपालिका १८ बैंक सहितको सवपक्षीय छलफल गरिएको थियो ।

भीनपा १८ ले लिलाम जग्गाका विवाद देखिएको भन्दै घर बाटो सिफारिश रोक्का गरी बैंकलाई बुधबार छलफलका लागि बोलाएको हो । छलफलमा सहभागीले विकको जग्गा जालसाची गरी बिक्री भएर बैंकसम्म पुगेकाले फिर्ता गर्ने पर्ने माग राखेपछि बैंकले लिलाम प्रक्रिया रोकेर तीन महिनाभित्र जग्गा विक परिवारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

छलफलमा सहभागी विकका छोरा प्रकाश पार्कीले तत्काल लिलाम प्रक्रिया रोकेर तीन महिनाभित्र आफूहरुको नाममा जग्गा फर्काउन बैंक तयार भएको बताए ।

‘त्यो जमिनमा २०२२ सालदेखि भोगचलन गर्दै आएका छौ, कसले के गरेर बैंक पुगाएर लिलाम गरियो’ उनले भने,‘आज छलफलमा बैंकले तीन महिनाभित्र फर्काउने आश देखायो ।’

प्रकाश बुवा थम बहादुरको पाँच वर्ष अघि मृत्यु भएको थियो । विकका दाई कमलले लक्ष्मण विष्टबाट ८ लाख ऋण लिएर २०६८ मा दृष्टिबन्धक राखेको जग्गा विष्टले आफ्नो नाममा पास गरी चन्द्र गिरीलाई बिक्री गरेका थिए । गिरीले कुमारी बैकमा जग्गा धितो राखेर ४५ लाख ऋण लिएर तिर्न छाडेपछि लिलाम गरिएको हो ।

विष्टले गिरीलाई १८ लाखमा जग्गा बिक्री गरेको स्थानीय बताउँछन् । बैंकले लिलाम गरेपछि वडा कार्यालयले जग्गाधनी गिरी नआएसम्म घर बाटो सिफारिश नदिने अडान लिएपछि नामसारी रोकिएको थियो । त्यस अघि विक परिवारले आफूहरुको जग्गा जालसाची गरी बैकमा पुगाएको भन्दै वडा कार्यालयमा निवेदन दिएका थिए ।

वडा कार्यालयले घर बाटो सिफारिश रोकेपछि बैंकको केन्द्रीय कार्यालयले वडा अध्यक्ष रविन्द्र देवकोटालाई जेल हाल्ने धम्की दिएको थियो ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले मंगलबार भूमाफिया र बैंक कर्मचारीको मिलेमतोमा जग्गा हडप्न खोजिएको भन्दै जग्गा कब्जामा लिएको थियो ।

बैंकमा जग्गा राखेर ऋण लिएका गिरी एक वर्षदेखि किस्ता र ब्याज बुझाउन छाडेर सम्पर्क बिहीन भएका थिए । गिरीले तत्कालिन एनसीसी बैंकको अत्तरिया शाखामा जग्गा धितो राखेर ऋण लिएका थिए ।

डेढ करोड मूल्यको जग्गा लिलाम प्रक्रिया सुरु भएपछि विकका परिवारले आफूहरुको नाममा फिर्ताका लागि बैंक धाएका थिए । बैंकले आश्वासन दिएर अन्तिममा लिलामबाट फिर्ता दिन नसकिने भन्दै धोका दिएको थियो ।

वडा कार्यालयमा गरिएको छलफलमा बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र महेन्द्रनगर शाखाका कर्मचारी सहभागी भए । बैंक कर्मचारीलाई सहभागीले जालसाची गरिएको जमिन फिर्ता गराउन पर्ने बताएका थिए ।

छलफलमा सहभागी भीमदत्त नगरपालिका १८ का निवर्तमान वडा सदस्य प्रशान्त भट्टले बैंकले जग्गामा विवाद आई सकेपछि त्यसलाई हल गरी अघि बढ्नु पर्नेमा सचेत गराएको बताए । ‘त्यसमा बैक सकारात्मक देखिएको छ’ उनले भने,‘हामीले छलफलमा त्यसै अनुसार अघि बढ्न बैंकलाई भनेका छौ ।’

यस अघि बंैकले जमिन फिर्ता दिने आश्वासन दिएपछि उनी ५७ लाख रकम बोकेर बैंकको महेन्द्रनगर शाखा पुगेका थिए । शाखाका कर्मचारीले रिकभरी अफिसर भुवन पाण्डेयको निर्देशनमा लिलाम प्रक्रियाबाट उनलाई बाहिर राखिएको थियो ।

बैंकले विक परिवारका निवेदनलाई वेवास्ता गर्दै लिलाम प्रक्रिया अघि बढाएको थियो । बैंकका शाखा प्रबन्धक खडक सिह मडैले बैंकले कानुन अनुसार ५७ लाख ५० हजारमा जग्गा लिलाम गरेको बताएका थिए ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार