कञ्चनपुरका व्यापारी तस्करीको उखुबाट पनि अनुदान बुझ्दै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका व्यापारीले तस्करीको उखुबाट पनि अनुदान बुझ्दै आएको आरोप लागेको छ। जिल्लाको दक्षिणी क्षेत्रका महाकाली र भागेश्वर चिनी मिलमा भारतीय तस्करीको उखु बिक्री गर्दै आएका उनीहरूले नेपाल सरकारले दिने अनुदान बाफतको रकमसमेत लिएका हुन्।

सीमा क्षेत्रका व्यापारीले भारतबाट सस्तो मूल्यमा उखु तस्करी गर्दै कञ्चनपुरका उद्योगहरूमा बिक्री गर्दै आएका छन्, उहाँहरूले कञ्चनपुरमा समेत उखु खेती लगाउनु भएको छ। भारतबाट पनि तस्करीमा उखु ल्याउनु हुन्छ। तर, नेपाल सरकारले दिने अनुदानको रकम पूरा लिनुहुन्छ। सरकारले मिलको तथ्याङ्कका आधारमा अनुदान दिने हो।’

नेपाल सरकारले एक क्विन्टल उखुको मूल्य ६३५ रुपैयाँ निर्धारण गरेको छ। भारतबाट उनीहरूले प्रति क्विन्टल पाँच सय रुपैयाँमा उखु ल्याउदै आएका छन्। भारतबाट सस्तोमा उखु ल्याउने उखु तस्करहरूले नेपाल सरकारको अनुदान समेत लिने गरेका हुन्। कञ्चनपुरका एक जनाले भने, ‘७० रुपैयाँ एक क्विन्टलको अनुदान हो। पारीको उखुको पनि अनुदान खान्छन। एक किसानको भागमा एक वर्षमा ३०÷३५ लाख अनुदान मात्र आउँछ। व्यापारीहरूले अनुदान बाफत एक करोडसम्म लिने गरेका छन।’

कञ्चनपुरको बेलौरी क्षेत्रमा मात्र भारतबाट उखु तस्करी गर्ने २० भन्दा बढी व्यापारी रहेका छन्। उनीहरूले एक सिजनमा करोडौँ कारोबार गर्दै आएका छन्। किसानहरूको नाममा आएको अनुदान समेत व्यापारीहरूले लिने गरेको गुनासो छ। कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ३३५ जनालाई अनुदान रकम दिइएको छैन।

२०७९र०८० मा नेपाल सरकारले दिएको अनुदान उनीहरूलाई नदिइएको हो। जिल्लामा हुने उखुको उत्पादकत्व र किसानको विवरण मेल नखाएपछि भुक्तानी समितिले अनुदानको रकम नदिएको हो। भुक्तानी समितिका अध्यक्षसमेत रहेका कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्थानीय तह र उद्योगहरूको तथ्याङ्कका आधारमा अनुदान वितरण गर्दै आएको बताए। उनले भने, ‘स्थानीय तहहरूले सिफारिस र प्रमाणित गर्ने हो। स्थानीय तह र चिनी मिलहरूको तथ्याङ्कका आधारमा भुक्तानी दिने हो। ६ हजार बढी किसान छन्। हामीले स्थलगत अनुगमन गर्न सक्ने अवस्था हुँदैन। उखु काटिएको हुन्छ। पहिलै क्रसिङ गरिएको हुन्छ। स्थानीय तहहरूको विश्वासको आधारमा भुक्तानी दिने हो।’

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जग्गाको क्षेत्रफल कम र उखुको मात्रा धेरै देखिएकाले भुक्तानी रोकिएको बताए। उनले भने, ‘एक बिघामा पाँच हजार पाँच सय क्विन्टलसमेत फलेको देखियो। कञ्चनपुरमा एक बिघामा ८९० क्विन्टलसम्म उखु उत्पादन हुने रहेछ। त्यही आधारमा हामीले अनुदन भुक्तानी दिएका हौ। बाँकीको हकमा थप विवरण माग गरेका छौ।’ भुक्तानी समितिले ३३५ जना किसानको अनुदान रोकेपछि तस्करहरूले अन्य किसानहरूको जग्गाका कागजातसमेत तयारी गर्दैछन्।

कञ्चनपुरका किसानले आर्थिक वर्ष २०७०र०८० मा ३७ लाख ६४ हजार २ सय १९ दशमलव ८२ क्विन्टलको २६ करोड ३४ लाख ९५ हजार तीन सय ८७ रुपैयाँ ४० पैसा अनुदानको रकम भुक्तानी लिएका छन। तर, कोष तथा लेखा नियन्त्रणकको कार्यालयले अनुदानको भुक्तानी दिन बाँकी रकमको विषयमा खुलाएको छैन। आर्थिक वर्ष २०७७र०७८ मा १८ करोड ९५ लाख ३१ हजार ८ सय ४५ र २०७८र०७९ मा २६ करोड सात लाख ९९ हजार पाँच सय ५७ रुपैयाँ उखुको अनुदान किसानलाई वितरण गरिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार