महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रवक्तामा वडा न. ५ अध्यक्ष पदमराज अवस्थी नियुक्त भएका छन् ।

भीमदत्त–५ बाट निर्वाचित वडाध्यक्ष अवस्थीलाई आइतबारको नगर प्रमुख स्तरिय निर्णय अनुसार नगर प्रवक्ताको पदमा कामकाज गर्ने गरी जिम्मेवारी दिइएको हो ।

गत पुष २६ गते भीमदत्त–६ का वडाध्यक्ष एवं नगर प्रवक्ता महेन्द्र खड्काको सडक दुर्घटनामा मृत्यु भएपछि नगरपालिकामा प्रवक्ताको पद रिक्त हुन पुगेको थियो ।
