धनगढी । कैलालीमा दुई लाख ५५ हजार लिटरभन्दा बढी दुध उत्पादन भएको छ। गत वर्ष सबैभन्दा बढी कैलालीमा दुध उत्पादन भएको तथ्यांकले तथ्यांकले देखाएको छ।

भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिममा गत वर्ष दुई लाख ५५ हजार ८ सय ६७ लिटर दुध उत्पादन छ। जिल्लागत विवरणअनुसार सबैभन्दा बढी कैलालीमा ९० हजार १४५ लिटर दुध उत्पादन भएको छ भने सबैभन्दा कम बझाङमा दुई हजार ५३५ लिटर दुध उत्पादन भएको छ।

कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी उत्पादन भएको छ। कञ्चनपुरमा ७२ हजार ५२९ लिटर दुध उत्पादन भएको छ। दार्चुलामा १६ हजार ९८८, बैतडीमा १७ हजार ४९६, डडेल्धुरामा १६ हजार ५१५, बाजुरामा १० हजार ६८७, डोटीमा १७ हजार ८७४ र अछाममा ११ हजार ९७ लिटर दुध उत्पादन भएको निर्देशनालयको तथ्यांक छ।

गत आर्थिक वर्ष २०७९र८० मा दूध उत्पादन ३ दशमलव २८ प्रतिशतले बढेको छ। गत वर्ष सोही अवधिमा दूध उत्पादन ३ दशमलव ६७ प्रतिशतले बढेको थियो। दुध उत्पादनमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ३५ दशमलव २३ प्रतिशत र बझाङ जिल्लाको सबैभन्दा कम शून्य दशमलव ९९ प्रतिशत देखिएको छ।