महेन्द्रनगर । नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीको ७ नं. पिलर नजिक सरसफाई गरिए संगै सवारी साधन पार्किङमा कडाइ गरिएको छ ।

नेपाल प्रवेशद्वार कञ्चनपुरको गड्डाचौकी ७ नं. पिलर नजिक रहेको नेपालको सुर्य चन्द्र अंकित राष्ट्रिय झण्डा फहराइएको क्षेत्रमा पार्किङ्ग गर्न रोक लगाइएको छ । भीमदत्त–११ का वडाध्यक्ष प्रकाश थापाले उक्त क्षेत्रमा सवारी साधन पार्किङमा रोक लगाइएको बताए ।

भीमदत्त–११ को वडा कार्यालयले नै उक्त क्षेत्रमा पार्किङमा रोक लगाएको सूचना सहित ‘नो पार्किङ बोर्ड’ समेत लगाएको छ ।

शनिबार वडाध्यक्ष थापा सहित सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी एवं स्थानीयहरुले उक्त क्षेत्रमा सरसफाई एवं रंगरोगन समेत गरेका छन् ।