मुख्यमन्त्री राष्ट्रिय भलिबलको उपाधी एपिएफलाई

प्रकाशित:

महेन्द्रनगर तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबलको उपाधी सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्लबलाई पाईएको छ । कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा भएको तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबलको उपाधी सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्लबलाई पाईएको हो ।

शनिबार सम्पन्न भएको फाईनल प्रतियोगितामा गण्डकी प्रदेशकोे टिमलाई ३–१ले हराउँदै उपाधी चुमेको हो । एपिएफ क्लबले गण्डकीलाई पहिलो २५, २१, तेस्रो ३०, २८, चौथो २५ , २१मा हराएको थियो भने, दोस्रो सेट गण्डकीले एपिएफ क्लबलाई २५, १६ मा हराएको थियो ।

लिग चरणमा समेत सशस्त्र प्रहरीले गण्डकीलाई अन्तिम ३–१कै सेटले हराएको थियो । प्रतियोगिताको विजेता सशस्त्र प्रहरी र उप विजेता गण्डकी प्रदेश भएको छ । सेमिफाईनल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउदै गण्डकी फाईनलमा प्रवेस गरेको थियो । भने सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई हराउँदै फाईनलमा प्रवेस गरेको थियो । शनिबारै तेस्रो स्थानका लागि भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्बललाई नेपाल प्रहरीको एनपिसी क्लबले ३–१को सेटले हराउँदै तेस्रो स्थान भएको हासिल गरेको छ ।

एनपिसीले त्रिभुवन आर्मी क्लबलाई लगातार दुई सेट २५, १३, २५, १२ र चौथो २५, २०मा हराएको थियो । भने त्रिभुवन आर्मी क्लबले एनपिसीलाई तेस्रो सेट २५, २०का जितेको थियो । नेपाल पुलिस क्बलले तेस्रो र आर्मीले चौथो स्थान हासिल गरेका छन । तेस्रो मुख्यमन्त्री प्रतियोगिता विजेता टिम एपिएफले नगद चार लाख, उप विजेता गण्डकी प्रदेशले दुई लाख र तेस्रो हुने टिम एनसपसीले १ लाख चौथो भएको त्रिभुवन आर्मी क्लबले सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार पाएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व उपप्रधान रक्षा,गृहमन्त्री भीम रावल, सुप प्रदेशका पुर्वमन्त्रीद्वय प्रकास रावल, मान बहादुर धामीले विजेता टिम खेलाडीलाई पुरस्कार वितरण गरेका छन । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव जिल्लाभलिबल संघ कञ्चनपुरको व्यवस्थापनमा सातासम्म संचालन भएको प्रतियोगितामा हजारौँ दर्शकले अवलोकन गरिरहेका थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार