भीमदत्त-३ मा विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–३ ले विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेको छ ।
भीमदत्त नगरपालिका–३ स्थित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको भीमदत्त नगरपालिका–३ का वडासदस्य मीना कुवँरले बताइन् ।

आइतबार वडाध्यक्ष गगन सिंह धामीको अध्यक्षता एवम् नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा वडास्थित वैजनाथ माध्यमिक विद्यालय तिलाचौर, नवदुर्गा कालिका आधरभुत विद्यालय नवदुर्गा टोल र गौरीशंकर आधारभुत विद्यालय नौलाखेलका विद्यार्थीहरुलाई टि–सर्ट र ट्रयाकसुट वितरण गरिएको वडासदस्य कुवँरले बताइन् ।

विद्यार्थीहरुलाई ३ सय ६६ थान ट्रयाकसुट वितरण गरिएको छ । यसैगरी विद्यालयलाई ल्यापटप, ई-हाजिरी र प्रोजेक्टर हस्तान्तरण गरिएको छ ।

May be an image of 6 people, temple and text

May be an image of 11 people

May be an image of 9 people and text

 

ताजा समाचार

सम्बन्धित समाचार