Saturday, May 25, 2024

स्वस्थानी व्रतको कथा यस्तो छ……

प्रकाशित:

महेन्द्रनगर कुमारजी आज्ञा गर्नुहुन्छ । हे १ अगस्त्य मुनि १ उता ती गोमा हातमा धागाको लरिया लिई चन्द्रज्योति नगरको कुनै एक बरहीका घरमा गएर खुसी हुँदै हतार साथ भन्न लागिन्– ‘आज मेरा घरमा सप्तर्षिहरू आउनुभएको छ । वहाँहरूलाई खान दिनका निम्ति यो धागाको लरियाको सट्टामा सात खिल्ली पान देऊ, धागो थोरै भए, अरु ल्याएर थपिदिउँला ।

यो कुरा सुनी पानवाला बरहीले भन्यो – ‘हे ब्राह्मणी १ पान त सकिएको वेला पर्यो, भएजति अघि नै बेचिसकें, न पत्याए, लौ भाँडो नै हेर्नुहोस्’ भनी छोपी राखेको डालो उघार्यो, तर पानले भरिई राखेको डालो देखेर बरही आश्चर्यमा पर्दै गोमातर्फ हेरेर बोल्यो– ‘हे ब्राह्मणी १ तपाईंलाई छलेर ढाँटेजस्तो भयो । मैले त यसमा भएको सबै पान पहिले नै बेची सकेर भाँडो थन्क्याएको थिएँ, अहिले यत्रो पानको थाक कताबाट आयो रु तिमीले आफ्ना घरमा सप्तर्षिहरू आउनु भएको र वहाँहरूलाई सत्कार गर्नका निम्ति मागेको हुनाले नै यो आश्चर्य हुन गएको हो’ भनी, लाज मान्दै ‘तिमी धन्य रहिछौ, मलाई धागो चाहिँदैन, म पान बनाई दिन्छु, झट्टै लगेर ऋषिहरूलाई आतिथ्य सत्कार गर’ भनी कत्था, चुना, ल्वाङ, सुपारी र मीठो मसाला लगाई सातवटा पान बनाई गोमाका हातमा दियो ।

बरहीबाट पाएको पान लिई खुसीले आकुल हुँदै गोमा आफ्ना घरमा आईपुगिन्, तर त्यहाँ सप्तर्षिहरूलाई नदेख्दा ठूलो विस्मातमा परिन् ‘मेरो जन्म धिक्कार रहेछ, त्यस्ता पूजनीय सप्तर्षिहरूजस्ता अतिथिलाई आफ्ना हातले पान मात्र दिएर भए पनि सत्कार गर्न पाइँन । यस्ती दुःखीका झुप्रामा के बस्नु भनी म न आईपुग्दै गई गएछन् ‘ भनी धेरै बेरसम्म अनेक कुरा तर्कना गरी झोक्रिई रहिन् । त्यसपछि घर कसिंगर गर्न भनी हातमा कुचो लिई बढार्न खोज्दा ऋषिहरू बसेका प्रत्येक आसनमुनि एकरएकवटा सुनका कौडी देखिन् र ती सातै ओटा सुनका कौडी बेची ऋषिहरूको अनुग्रह बुझी उनीहरूले अर्ती गरेबमोजिम बताएका विधिले वर्ष दिनपछि घुमिफिरी आएको पौषशुक्ल पूर्णिमाको पवित्र दिनदेखि श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गरिन् ।

नित्य मध्याह्न कालमा बालुवाको शिवलिङ्ग र श्री स्वस्थानी परमेश्वरीको पूजा गरिसकेपछि कथा पढ्न लागिन् । कथा सुनिदिने आफूबाहेक अरु कोही नहुनाले आफ्नो ओछ्यान,खाट, घैंटो, भाँडाकुँडा आदिका सम्मुख रही सुनाउन लागिन् । चन्द्रज्योति नगरका गोठाला केटाकेटीले गोमाले एक्लै बोलेको सुनी झुपडीको भित्तो उधारी चियाएर भने – ‘हे गोमा ब्राह्मणी १ किन यसरी एक्लै कराई रहेकी रु के भयो रु’ तब गोमाले प्रसन्न मुद्रा लिएर भनिन् – ‘हे नानी हो १ मेरा घरमा स्वर्गबाट सप्तर्षिहरू आई ‘श्री स्वस्थानी परमेश्वरीको व्रत गर’ भनी उपदेश गर्नु भएको हुनाले त्यही व्रत गरी उनकै महिमा र कथा भनेकी हुँ । सुनिदिने आफूबाहेक अर्को न भएकोले आफ्नै ओछ्यान,खाट, घैंटो, भाँडाकुँडा आदिलाई सामुमा पारी सुनाएकी हुँ ‘ ।

गोमाले भनेको यी वचनलाई सुनी ती केटाकेटीहरूले आफूलाई दिउँसोका लागि ल्याएको खाजा गोमालाई दिन लागे र सधैं त्यसै गरी आई कथा सुनी जो सकेको अन्न आदि दिन थाले । गोमाले पनि श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले गोठाला केटाकेटीद्वारा आफूलाई ठूलो कल्याण गरिएको मान्न थालिन् । गोमालाई पनि अन्न, वस्त्र, द्रव्य आदिको अभाव टर्दै गयो । जब महिना दिनपछि माघ शुक्ल पूर्णिमाको दिन आयो, तब गोमाले सम्पूर्ण सामाग्री तैयार गरी एकाग्र चित्तले भक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा गरी ध्यान गरी हातमा अर्घ्यपात्र लिई – ‘हे स्वस्थानी परमेश्वरी १ मलाई यी दुःखका सागरबाट पार लगाउनुहोस् । आफ्ना पिताको खोजिमा गएको मेरो पुत्र नवराज चाँडो आइपुगोस् । म बालिका अवस्था नै हुँदा मलाई महादेवले भिक्षुक रूपमा आएर दिएको श्राप हटाई मेरो एकमात्र पुत्र नवराजलाई सुखले परिपूर्ण गराई दिनुहोस् ।

यो लोक र परलोकमा समेत तपाईंको भक्ति मेरा ह्रदयमा नटुटोस् । हे जगदीश्वर १ यो ब्रह्माण्डमा सृष्टि, स्थिति र संहारकर्ता भएकी ब्रह्मा, विष्णु र महेश्वरस्वरूपिणी शक्ति आदि र अन्त्यले रहित यस्ती परमात्मा स्वरूप तपाईंलाई कोटि कोटि नमस्कार । हे महेश्वरी १ तपाईंका महिमाको वर्णन गर्न हजार जिब्रा भएका शेषनाग र सरस्वतीले पनि सकेका छैनन् भने म कसरी सकुँली रु मैले जानीरनजानी जेजस्तो तपाईंको पूजा र स्तुति गरेता पनि मदेखि सन्तुष्ट हुनुहोस्’ भनेर अर्घ्य चढाईन् । त्यसपछि दण्डवत् प्रणाम गरेर चढाएका प्रसाद झिकिन् ।

चढाइएका प्रसाद र अरु उपचारमा प्रत्येकका एक सय आठमा आठ रोटी, आठ अक्षता, आठ बेलीपुष्प, आठ जनै, आठ सूत्र, आठ कुड्का सुपार, आठ पान, आठ बाती, आठ फल, आठ बिल्वपत्र र सुगनसमेत अलग पारी यो मेरो छोरो नवराजको भाग भनी पर सारिन् । प्रत्येक नैवेद्य र अन्य सामाग्रीहरूमध्ये एकरएक सय चाहिं आफ्ना निम्ति राखिन् र तीमध्ये केही तुरुन्त ग्रहणसमेत गरिन् । त्यो रात्रीमा श्री स्वस्थानी परमेश्वरीको भजन, कीर्तन गरी जाग्राम बसी नाचगान पनि गरिन् ।

रात निकै बितेको थियो, बाहिरबाट ‘माताजी १’ भनी बोलाएको आफ्नै पुत्र नवराजको जस्तो स्वर सुनिन् र श्री स्वस्थानी परमेश्वरीका कृपाले मेरो पुत्र आई पुगेछ भनी गोमा ब्राह्मणी उठेर हतारहतार बाहिर आईन् । नवराजलाई देखेर हर्षाश्रु झार्दै छोरालाई हातमा समातेर भित्र लगिन् र पिरामा बसाई बडो प्रेमसित एक हातले छोराको शिर सुम्सुम्याउँदै सोध्न लागिन् – ‘हे पुत्र १ तँलाई सञ्चै छ रु अनि पिताको खबर कतै पाईयो कि के भो रु यतिका दिन कहाँ कहाँ गईस् रु’ आमाका प्रश्न सुनी सकेपछि नवराजले पनि घरबाट हिंडेका दिनदेखिका सबै वृत्तान्त सुनाए ।

आफ्ना स्वामीको निधन भएको कुराले गोमालाई ठूलो चोट पर्यो । उनले आफ्ना निधारमा हात बजार्दै अनेक बिलौना गर्न लागिन् । निर्विवेकी विधाताले सात वर्षका उमेरमा सत्तरी वर्षका बृद्धसंग विवाह गराएको, बृद्ध भएका मातारपितालाई आफूले माइतमा छोडेर आएको, आफ्ना घरका गरीबीले गर्दा आफूलाई गर्भिणी अवस्थामा छोडेर बृद्ध शरीरका पति भिक्षाटनमा हिडेको, छोरालाई जन्म दिएर अर्काका घरमा गएर भिक्षा मागी अन्नादि जुटाएर बालक छोरो हुर्काएको र आफूले यौवन अवस्थामा नै यसरी पति वियोग सहनु परेको कुराहरू उनका मनमा एकमाथि अर्को थपिंदै गए । ‘हे स्वामी १ भिक्षा माग्न जानु भएथ्यो, मलाई एक्ली पारेर अहिले कहाँ जानु भयो रु हे नाथ १ तपाईंविना मेरो प्राण कसरी रहला रु तपाईं जहाँ जानु भएको छ, मलाई पनि त्यतै नै लैजानुहोस्’ भनी रुँदै भुइँमा लडिन् ।

आमाको त्यो अवस्थादेखि नवराजले धैर्य भई भन्न लागे – ‘हे माता १ संसार असार छ । यो साररहित भएकाले यहाँ जन्मपछि मृत्यु निश्चित छ । अब मेरो मुख हेरी सन्तोष लिनुहोस् । शोक नगर्नुहवस् । आजसम्म तपाईं के खाएर रहनुभयो रु आज यतिबेला यो रात्रीमा के गर्दै हुनुहुन्थ्यो रु सुगन्धित धूप र नैवद्यहरूको बास्ना झैं लाग्दै छ त रु यो के गर्नुभएको हो रु जान्न पाऊँ । अहिलेसम्म किन नसुत्नुभएको हो रु’ आफ्ना पुत्र नवराजद्वारा यसरी सोधनी भएपछि गोमाले पनि नवराज घरबाट गएदेखि भएका सबै वृत्तान्त सुनाईन् र ‘हे छोरा १ तँ थाकेर आईस्, कति भोक लागिरहेको होला रु यहाँ मैले श्री स्वस्थानी परमेश्वरीको प्रसाद राखिदिएको छु, खा’ भनी सबै आठरआठ पदार्थहरू दिईन् ।

नवराजले प्रसाद खाइसकेपछि फेरि भनिन् – ‘बुहारी चन्द्रावती माइत गएपछि तँलाई सम्झी दुःखका दिन बिताई रहेकी थिएँ । सप्तर्षिका उपदेशले गर्दा श्री स्वस्थानी परमेश्वरीको कृपा हुनगई आज तँलाई पाएँ । उनको महिमा अत्यन्त ठूलो रहेछ, यस लोकमा सुःखसम्पत्ति पाई परलोकमा समेत मोक्ष मिल्ने रहेछ ‘ भनी श्री स्वस्थानीको ध्यान, पूजाविधि र कथासमेत छोरालाई सुनाईन् ।

यसरी जाग्रत रहँदा समय बितेको पत्तै नपाई भूइँमा उज्यालो खस्यो । नवराजले भने – ‘माताजी १ तपाईं धन्य हुनुहुन्छ, परम महिमाले युक्त भएकी श्री स्वस्थानी परमेश्वरीको व्रत र पूजा गर्नुभयो, मलाई साह्रै सन्तोष लागेको छ । अब म गङ्गाजीमा पुगी स्नान गरी आउने छु भनी फेर्ने लुगा बोकेर स्नानार्थ हिंडे । गङ्गातीरमा पुगी स्नान, सन्ध्या, तर्पण, सूर्यार्घ्य, सूर्योपस्थान आदि नित्यकर्म सकेर हरिहरको पूजोपासना पनि गरे । सन्तुष्ट भएका हरिहरले गङ्गाजीबाट प्रत्यक्षरूपमा निस्किएर नवराजलाई दर्शन दिई भन्दा भए – ‘हे नवराज १ तिम्री माताले गर्नुभएको श्री स्वस्थानी परमेश्वरीको व्रतका अनुष्ठानले हामी सन्तोष भयौं । यहाँबाट गङ्गाका दक्षिण भागमा एउटा लावण्य नाम गरेको देश छ ।

यस बखत त्यहाँ कुनै पनि राजा छैनन् । त्यहाँका मन्त्रीहरू सन्त, महात्मा, विद्वान्, बुद्धिजीवी र सबै देशभक्त प्रजाहरू मिलेर हात्तीलाई सुवर्ण कलश र पुष्पमाला दिई राजा रोज्न भनी पठाउने भएका छन् । तिमी पनि त्यो लावण्य देशमा जाऊ, हामी गएर त्यो राजहात्तीमा प्रवेश गर्नेर्छौं र तिमीलाई नै त्यो सुवर्ण कलशका जलले अभिषेक गरी पुष्पमाला पनि तिम्रा गलामा पहिर्याई दिनेछौ र तिमी त्यहाँका राजा हुने छौ ।’ हरिहर भगवानको त्यस्तो वाणि सुनेर प्रसन्न र धैर्य साथ दुबै कर जोरी नवराजले स्तुति गरे–

यौ तौ शङ्खकपालभूषितकरौ मालाऽस्थिमाला धरौ ।
देवौ द्वारवतीश्मशाननिलयौ नागारिगोवाहनौ ।।
द्वित्र्यक्षौ बलिदक्षयज्ञमथनौ मेघाद्रिराजप्रभौ ।
पापं मे हरतां सदा हरिहरौ श्रीशैलजावल्लभौ ।।

एउटै स्वरूप भएका हे हरिहर १ हे विष्णु १ हे शङ्कर १ आआफ्ना हातमा शङ्ख र नरमुण्ड लिएका, वनमाला र आस्थिमालाले वक्षःस्थलमा शोभा पाएका, द्वारिकाधाम र श्मशानघाटमा वास गर्ने, गरुड र वृष वाहन, दुई र तीन नेत्रले युक्त, बलि राजा र दक्ष प्रजापतिको यज्ञलाई मथन गर्ने, मेघ जस्तो श्यामवर्ण र पर्वतका अधिराज हिमालयको जस्तो सेतो वर्ण भएका, लक्ष्मीदेवी र पार्वती देवीका प्रिया भएका हे द्विदेव १ हे हरिहर १ मेरा पापपुञ्जलाई सदाका निम्ति हरण गरी दिनुहोस् ।

म अनाथमाथि कृपा गरी दर्शन दिनुभयो, म धन्य रहेछु । ‘हरिहर भगवानका कृपाले लावण्य देशको राजा भएस्’ भनी आफ्नो दाहिने हात नवराजका शिरमा राखी पे्रमाश्रु झार्दै सहनशीला, सदाचारिणी, धैर्यवती र पतिभक्तिपरायणा माता गोमाले पनि आशिष दिईन् । नवराज पनि श्री स्वस्थानी परमेश्वरीको रूपलाई मनमा लिई आफ्नी आमाका दुबै चरणमा शिर राखी ढोगेर लावण्य देशतिर लागे ।

 

ताजा समाचार

सम्बन्धित समाचार