Saturday, July 27, 2024

बेदकोट ताल क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ३ मा रहेको धार्मिक स्थल बेदकोट तालक्षेत्रमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जिल्लाको सुरक्षा व्यावस्था चुस्त दुरुस्त राख्न धार्मिक पर्यटकिय स्थल बेदकोट तालक्षेत्रमा अस्थायी प्रहरी पोष्टको स्थापना गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कमल थापाले धार्मिक हिसाबले कञ्चनपुर जिल्लाको प्रख्याल स्थल भएको र भौगोलीक हिसाबले पनि पर्यटकिय र सुन्दर ठाँउ भएकोले ताल घुम्न आउने पर्यटकहरुको सुरक्षा व्यावस्थालाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको बताएका छन् ।तालक्षेत्रमा स्थापना गरिएको प्रहरी पोष्टमा असईको कमान्डरमा सात जना प्रहरी कर्मचारी बस्दै आईरहेको प्रहरी उपरिक्षक थापाले बताएका छन्

ताजा समाचार

सम्बन्धित समाचार