Saturday, July 27, 2024

प्याजका बेर्ना बिक्री गर्न रानालाई भ्याइनभ्याइ

प्रकाशित:

महेन्द्रनगर कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं-१९ बागफाँटाका कृषक दुखी रानाले व्यावसायिक रूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरणका साथ वर्षौ देखि कृषि फर्ममा जुटेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उक्त नगरपालिकाको वडा नं-१९ का कृषक रानाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशा अन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि भएको राना बताउँछन् । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा आफ्नो अझै आकर्षण बढ्दै गएको उनले बताए । उक्त नगरपालिकाको वडा नं-१९ शुक्रराज टोलमा रानाको प्याज बेर्ना नर्सरी उत्पादन फार्म रहेको छ् ।No description available.

कृषक रानाले पाँच कठ्ठा जग्गामा प्याजको बेर्ना उत्पादन गरी गाउँघरकै स्थानीयहरूलाई बिक्री गर्ने गरेको बताए । उनले भने,’आजभोलि प्याजको बेर्ना बेच्न भ्याइनभ्याइ भएको छ् । स्थानीय देखि लिएर टाढा-टाढा सम्मका मानिसहरू समेत प्याजको बेर्नाको लागि आउँने गरेको रानाले बताएका छन् ।’ त्यसैगरी व्यावसायिक रूपमा बेर्ना उत्पादन गर्ने उनले अहिले दैनिक नर्सरीबाटै १ सय प्रतिकिलोमा प्याको बेर्ना बेच्दै आइरहेका छन् । स्थानीय बसन्त जोशीले बिहान ५ बजे देखि नै प्याजको बेर्ना खरिद गर्न आएको बताए । उनले भने, ‘कतिपय व्यक्तिहरू बेर्ना खरिदका लागि बिहानको ४ बजे देखिनै आएका छन् भने, कतिपय व्यक्तिहरूले अझै पनि बेर्ना खरिद गर्न पाएका छैनन् । बेर्ना खरिद गर्नका लागि लागेको बिहान देखिको भीड कम हुनुको साटो उल्टै बढ्दै गइरहेको जोशीले बताए ।’

त्यसैगरी अहिलेसम्म करिब ३० क्विन्टल प्याजको बेर्ना बिक्री गरिसकेको रानाले बताएका छन् । रानाले सिजनमा २ लाख ५० हजारका बेर्ना बिक्री गरिसकेको बताए । उनले भने, ‘गत वर्षको भन्दा यस वर्ष प्याजको बेर्नाको बिक्री राम्रो भइरहेको छ् भने, यस वर्ष आम्दानी समेत राम्रै भइरहेको छ् बेर्ना बिक्री गर्ने सिजनमा महिनामा ३ लाखसम्म आम्दानि गर्न सकिन्छ ।, गत वर्षको समयमा आफुले छरेको सबै बेर्ना खेर गएको थियो भने, यस वर्ष चाहिँ दुई-दुई पटक प्याजको बेर्ना छर्दा समेत पुग्न नसकेको राना बताउँछन् ।’No description available.

राना भन्छन् तरकारी खेतीभन्दा पनि बेर्ना बिक्रीमा आम्दानी देखेपछि आफुले बेर्ना उत्पादन गर्दै आएको छु । आजभोलि प्याजको बेर्ना बिक्री गर्ने गरेको छु भने, यसअघि गोलभेँडा, काउली, बन्दागोभीको, खुर्सानी, बैगनको बेर्ना बेचेको थिए । त्यसैगरी उक्त क्षेत्रका स्थानीय गंगा रानाले बिहान ६ बजे देखि बेर्ना खरिद गर्नका लागि आएको बताउँछन् । उनले भने, ‘बिहानै देखि आएता पनि बिहानको ९ बज्दा समेत प्याजको बेर्ना पाएको छैन् । बिहानको ४ बजे देखि लागेको मान्छेहरूको घुइँचो अझै कम भएको छैन्, अहिले सम्म ३ सय भन्दा बढि व्यक्तिहरू प्याजको बेर्ना खरिदका लागि आइसकेका छन् भने, कतिपय व्यक्तिहरू प्याजको बेर्ना सकिएर घर समेत फर्केर गएको उनले बताए ।’ No description available.कृषक रानाले विगतका वर्षमा सहज र सस्तोरूपमा सीमा नाकाबाट प्याजको बीउ नेपाली बजारमा आउँने गर्दथ्यो तर यस भने वर्ष सीमा नाकाबाट तरकारी बेर्ना आउँन नपाएको बताउँछन् । उनले भने, ‘अन्य बेर्ना उत्पादनमा लगानी र मेहनत धेरै लाग्छ तर प्याजको बेर्ना उत्पादनमा कम मेहनत लाग्ने गर्दछ ।, आफ्नै परिवारका सदस्यहरूले काम गर्ने गर्छन् भने, सहजै रूपमा घरमा बसिबसि निकै राम्रो संग आम्दानि हुने गरेको कृषक रानाले बताए ।’

ताजा समाचार

सम्बन्धित समाचार