Saturday, July 27, 2024

पाँच स्थानीय तहका किसानलाई कृषि औजार मर्मत तालिम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका किसानलाई कृषिमा प्रयुक्त हुने मेसिनरी तथा औजार मर्मत संभार गर्न तालिम दिएर दक्ष बनाईएको छ । कृषि औजार तथा मेसिनरी मर्मत संभार गर्न बजारमा लैजादा किसानले निकै रकम तिर्नु पर्ने अबस्थाको अन्त्य गर्नका लागि तालिम दिन थालिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सिसा परियोजनाको अयोजनामा शुक्लाफाँटा, दोधारा चाँदनी, कृष्णपुर, बेदकोट र भीमदत्तका गरी १५ जना र बेलौरी,बेलडाँडी, पुर्नवास र लालझाडीका गरी १४ जनालाई मेसिन तथा औजार मर्मत दुई दिने तालिम दिईएको छ । बेलौरी र शुक्लाफाँटामा छुट्टा छुट्टै रुपमा किसानलाई तालिम दिईएको छ ।

किसानले दैनिक प्रयोगमा ल्याउने पम्पसेट, विद्युतीय मोटर, पावर टिलर, रिपर लगायतका कृषि मेसिनगरी सञ्चालन गर्ने तौरतरिका संगै बिग्रीएको अबस्थमा मर्मत संभार गरी कसरी सञ्चालन गर्ने भन्ने बारे तालिमका क्रममा किसानलाई प्रत्यक्ष रुपमा संलग्न गराई दक्ष बनाईएको परियोजनाका कार्यक्रम अधिकृत सुर्य खडकाले बताए । “तालिम लिएका किसानले सहज रुपमै कृषि मेसिनरी बिग्रिएको अवस्थामा घरमै मर्मत गरी सञ्चालन गर्न सक्ने भएका छन” उनले भने, “मेसिनरी मर्मत संभारका लागि मिस्त्री खोज्दै हिडनु पर्दैन, यस कार्यले किसानको समय र पैशा दुवै जोगिने भएको छ ।”

तालिममा सहभागी गयाप्रसाद चौधरीले पम्पसेट सामान्य रुपमा विग्रीदा मिस्त्री खोज्नमै हैरानी हुने गरेको बताए । “तालिम लिए पछि सहज रुपमा मर्मत गर्न सिकेको छु” उनले भने, “अब घरमै मर्मत गर्न सकिन्छ, पावर टिलरमा रिपर जोडन पनि अरुलाईनै गुहार्नु पर्दथ्यो, त्यो पनि तालिमका क्रममा सहज रुपमा सिकेका छौं ।” परियोजनाले यो संगै कोरोना महामारीका कारण स्वदेश फर्केर बेरोजगार भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउनका लागि बैंक संग समन्वय गर्न लगाई सहुलियत कर्जाको व्यवस्था गरी कृषि मेसिनरी, कृषि यन्त्र भाडामा दिएर आम्दानी गर्ने बनाएको छ ।

विदेशबाट फर्केकाहरुलाई व्यवसाय व्यवस्थापन तालिम संगै व्यवसाय प्रवद्र्धनका लागि होर्डिङ बोर्ड बनाउने कार्य गरिएको परियोजना संयोजक खडकाको भनाई रहेको छ । उनका अनुसार कृषि संग उद्यम गर्न चाहने दुई सय बढी किसानलाई अचार उद्योग,चाउमिन उद्योग लगायत सञ्चालन गर्नका लागि वित्तिय पहुँच पुरयाउने कार्य गरिएको छ । किसान कार्डको व्यवस्था गरी सात सय ५० किसानलाई वितरण गरिएको छ । कार्डबाट किसानले मलखाद, बिषादी, बीउविजन लगायत खरिद गर्न पाउने भएका छन । यी कार्य संगै परियोजनाले खाद्यान्न, तरकारी बाली र कृषिमा यान्त्रीकरणको पन्ध्र वर्ष देखि अनुसन्धानको कार्य पनि गर्दै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार