Saturday, July 27, 2024

तराईका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो

प्रकाशित:

महेन्द्रनगर । विगत केही दिनदेखि तराईका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । शीतलहरका कारणले बालबालिका, वृद्धवृद्धा, अशक्त, अपांगता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको संख्या बढेको छ । अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनिया जस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेका छन् । शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । अत्यधिक चिसो र शीतलहरका कारण कञ्चनपुरको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

चिसो बढेसँगै सुकुम्बासी, निकुञ्ज पीडित तथा मुक्त कमैया बस्तीका बासिन्दा बढी प्रभावित भएका छन् । न्यानो लुगा र चिसो छल्ने सामथ्र्य नभएका गरिब बस्तीका बासिन्दा चिसोबाट बढी प्रभावित भएका हुन् । मानवीय सेवामा कम गर्ने संघ सस्थाहरुले पनि यस्ता गरिब बस्तीहरुका न्यानो लुगा वितरण गरेको सुन्नमा आएको छैन । केही स्थानीय तहहरुले चोक तथा सार्वजनिक स्थलहरुमा दाउरो दिएर आगो ताप्ने व्यवस्था गरेको भए पनि बेही स्थानीय तहहरु भने चीर निद्रामै छन् ।

शुक्लाफाँटा नगरपालिकाले अत्यधिक चिसो बढेपछि चोकचोकमा दाउरा बाल्ने व्यवस्था मिलाएको छ । अत्यधिक चिसो र शीतलहरले कञ्चनपुरका सामुदायिक विद्यालय तीन दिनका लागि बन्द भएका छन् । जिल्ला शिक्षा कार्यालयमा बसेको बैठकले जिल्लाका सबै सामुदायिक विद्यालयमा यही माघ २४, २५ र २६ गते बिदा दिने निर्णय गरेको छ । तर निजी विद्यालयहरु भने सञ्चालनमै छन् । नर्सरी, एलकेजी, युकेजीमा स–साना नानी निजी विद्यालहरुमै हुन्छन् तर निजी विद्यालयहरुले यस्तो चिसोको कहरमा पनि विदा दिएको छैन ।

नर्सरी, एलकेजी, युकेजीमा स–साना नानीहरुलाई निमोनिया रुघा खोकीको उच्च जोखिम हुन्छ । अत्यधिक चिसोसँगै शीतलहर चल्न थालेपछि बालबालिकालाई विद्यालयमा पठाउन अभिभावकलाई चिन्ता हुन्छ । आफ्ना नानी बाबुहरु विरामी पर्ने चिन्ता अभिभावकले गर्ने गर्दै छन् तर विद्यालय सञ्चालकहरुले यस्तो विषयमा ध्यान दिएको पाइदैन । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुढा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग गर्नेतर्फ स्थानीय तहको ध्यान पुगेको देखिदैन ।

सामाजिक संघंस्थाले पनि बाढी आउँदा उद्धारको नाममा दगुर्ने र चाउचउ वितरण गरेर प्रचारचारबाजी गर्ने गर्दछन् । तर चिसोको यस्तो कहरमा गरिबहरुलाई सहयोग गर्न सक्दैनन् । त्यसैले सरोकारवाला संस्था, स्थानीय तह लगायत राज्यले समयमा नै जिम्मेवार बनी चिसोबाट हुन सक्ने मानवीय क्षति रोक्न उचित कदम चाल्न आवश्यक छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार