Saturday, July 27, 2024

युवाले चाहे स्वदेशमै रोजगार 

प्रकाशित:

महेन्द्रनगर । पछिल्लो समयमा रोजगारी र गुजारा चलाउनका लागि युवा पिँढीहरू विदेश पलायन हुनेक्रम बढिरहेको छ् । स्वदेशमा भविष्य नदेखेपछि देशका युवाहरू विदेशीनेक्रम भने वर्षनी बढ्दै गइरहेको समेत पाइन्छ । तर, केही युवाले भने स्वदेशमै भविष्य देखेर व्यवसायिक कृषि फर्ममा जुटेका छन् । यस्तै मध्येका बेलडाँडी गाँउपालिका–२ का युवा प्रकाश मालीले चौवनी ढकनियामा भागेश्वर कृषि फर्म खोलेर भैँसी पालन गर्दै आइरहेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बेलडाँडीका युवा मालीले नाम जस्तै काम गर्ने प्रतिज्ञा समेत गरेका छन् । माली भन्छन् २०७९ सालमा फर्निचर उद्योग संगै व्यवसायीक कृषि पशुपालन व्यवसाय समेत सुरु गरेको हो । उनले भने,’उक्त फर्मका लागि स्थानीय प्रेमसिह साउदको २ विगाह जमिनलाई लिजमा लिएर पशु व्यवसाय सुरु गरेको छु भने, उक्त जग्गाको वार्षिक १ लाख ६० हजार रुपैयाँ भुक्तानी समेत गर्दै आइरहेका छु, भैँसीहरूको आहारा घाँसका लागि समेत २ बिघा जग्गा लिजमा लिएको मालीले बताए ।

त्यसैगरी व्यवसाय गर्दै आइरहेका माली भैँसी पालन शुरु गरे संगै उन्नत जातका गाई र बाख्रा पालन गर्न समेत संचरना निर्माण गरिरहेको बताउँछन् । उनले भने, ‘भैँसीका लागि बस्ने र आहाराका लागि संरचना निर्माण गरिसकेको छु भने गाई र बाख्रा पालनका लागि समेत आफ्नो संचरना निर्माण जारी रहेको छ् । हाल आफुले उन्नत जातका १५ वटा भैँसी पालन गरिरहेको मालीले बताएका छन् ।’ विशेष गरी आमाको प्रेरणाबाटनै उक्त भैँसी पालन व्यवसायमा लागेको मालीले बताए । उनले भने,’घरमा पहिलेदेखि नै आमाले २/३ वटा भैँसीहरू पाल्दै आइरहेका थिए भने, दिनभरी आमाले भैँसीका लागि गर्ने मेहेनत देखेर आफूलाई परिवार निर्वाहमुखी भन्दा पनि व्यवसायीक गर्न तिर मन लागेको मालीले बताउँछन् ।’No description available.

त्यसैगरी भैँसी पालनका लागि मालीले गाउँघरबाट नै १० वटा भैँसी ११ लाख रुपैयाँमा खरिद गरेको बताए । उक्त व्यवसायका लागि एमबी बैंकबाट १८ लाख रुपैयाँ ऋण निकालेर भैँसी खरिद गरेको उनले बताएका छन् । उक्त १८ लाख रुपैयाँबाट ११ लाख रुपैयाँमा मालीले भैँसी खरिद गरेका छन् भने, ६० हजार रुपैयाँको २ वटा घाँस काट्ने मेसिन समेत खरिद गरेको उनले बताए । त्यसैगरी मालीले भैँसीहरूको लागि घाँस, पराल, आफ्नै जमिनबाट उब्जनी गरेता पनि बाँकी चाहिँ उनले लिजमा लिएको जग्गाबाट गर्ने गरेको बताउँछन् । तर, त्यतिले मात्र उक्त भैँसीहरूलाई नपुग्ने हुनाले मालीले भारतबाट एक वर्षको लागि २० वटा ट्रराली भुसा समेत ल्याएको बताए ।

उनले भने, ‘एक ट्रराली भुसाको नेपाली ५ हजार रुपैयाँ हालेर ल्याउने गरेको छु ।, अहिले आफूसंग १५ वटा भैँसीहरू रहेका छन् भने, ६० लिटरको हाराहारीमा बेलौरी बजारमा १ लिटर दूधको ६० रुपैयाँमा बिक्रि समेत गर्दै आइरहेको उनले बताएका छन् ।’ त्यसैगरी मालीले ६० लिटर दूधको मासिक १ लाख ८० हजार रुपैयाँ आम्दानी गर्दै आइरहेको छन् । मालीले बजारमा दुधको आवश्यकता अनुरूप संख्या समेत विस्तार गर्दै आइरहेको बताउँछन् । माली भन्छन् आफूलाई दूध संगै प्राङ्गारिक मल बनाउन समेत माग बढिरहेकै हुने गर्छ । भैँसी पालनबाट दूध देखि लिएर मल समेत बिक्रि गर्दै आइरहेको उनले बताए ।

उनका अनुसार किसानहरूले सिजन अनुसारको आफ्नो अन्नबालीहरूमा मल हाल्नको लागि आफु कहाँ आइरहेको बताउँछन् । उनले एकट्राराली मलको ५ हजार रुपैयाँमा बिक्रि गर्दै आइरहेका छन् । त्यसैगरी माली भन्छन् दैनिक १ हजार लिटर दुध बिक्रि गर्ने योजना रहेको छ्, भने बिस्तारै १५ वटा भैँसीबाट २५ वटा भैँसीपालन गर्ने आफूले योजना समेत बनाएको बताउँछन् । भैँसी पालनका लागि हालसम्म ३० लाख रुपैयाँ लगानी गरेका मालीले १ करोड लगानी गर्ने योजना बनाएको बताए । बिक्रि हुन बाँकी रहेको दुधबाट छुर्पी, मिठाइ लगायतका थुप्रै परिकार समेत बनाउने गरेको उनले बताएका छन् । स्थानीयहरूलाई स्वच्छ, ताजा दुध उपलब्ध गराउने देखि लिएर प्राङ्गारिक मल सहित विवित बस्तुहरू बनाउने आफ्नो उदेश्य रहेको मालीले बताउँछन् ।No description available.

कृषिबाट थुप्रै काम गर्न सकिने र कृषिमा धेरै सम्भावनाहरू भएका कारणले गर्दा व्यवसाय गर्ने जतिपनि युवाहरू रहेका छन् ती युवाहरूलाई राज्यले प्रोत्साहन गर्नुपर्छ । मालीले थुप्रै चुनौतीका बाबजुत पनि युवाले स्वदेशमै श्रम, मेहनत गरेर उदाहरणीय काम गर्न प्रेरित गर्दै आइरहेका छन् । त्यसैगरी उनले सानो पुँजीबाट व्यवसाय शुरु गरेर युवालाई रोजगारीका लागि भौतारिएर विदेश तिर नै जानु भन्दा पनि स्वदेशमै कृषि व्यवसाय गरेर समेत बस्न सकिने सुझाव दिँदै आएका छन् । मालीको पशुपालत तर्फ गरेको व्यवसाय प्रति अन्य युवाहरूले समेत उनको व्यवसायलाई प्रसंसा गर्ने गरेका छन् । त्यसैगरी मालीको उक्तफर्ममा ५ जना स्थानीयहरूले रोजगारी समेत पाएका छन् भने, उक्त फर्ममा ५ जना कामदार राखेता पनि उनले समेत नियमित कामदारहरूले जस्तै काम गर्दै आइरहेका छन् ।

मालीले भैँसीको गोबर सोर्ने देखि लिएर भैँसीका लागि आहारा व्यवस्थापन बजारमा दुध पुर्याउने काम समेत गर्ने गरेका छन् । त्यसैगरी गाउँमा फर्म खुलेपछि स्थानीयहरूले आनशिक तथा फुलटाईम रोजगारी पाएपछि निकै हर्षित भएका छन् । त्यसैगरी मालीको फर्निचर उद्योग व्यवसायबाट र भैँसी पालनबाट आज बेलडाँडीका थुप्रै युवाहरूले आफ्नै देशमा रोजगार गर्न पाइरहेका छन् । उक्त कामदारहरूलाई मालीले काम गरेवापत मासिक २५ देखि ३० हजार रुपैयाँ दिने गरेका छन् । मालीको उक्त फर्ममा रोजगार गर्ने लाल बहादुर चौधरीले मालीका कारणले गर्दा नै आज आफुले पनि आफ्नो घरपरिवार सँगै बसेर आफ्नै देशमा नै रोजगार गर्न पाइरहेको भन्दै खुसी व्यक्त गर्छन् । त्यसैगरी मालीले निकट भविष्यमा भैँसी पालन सँगै बाख्रा र उन्नत जातका गाईहरू समेत पाल्ने योजना बनाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार