Saturday, July 27, 2024

तरकारी खेतीमा नै भविष्य

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-१९ को बागफाँटाका दुखी रानाले वर्षौ देखि आफ्नै जमिनमा तरकारी खेती गर्दै आइरहेका छन् । तरकारी खेतीबाटै उनले आफ्नो घर खर्च सहज रूपमा चलाउँदै आएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आठ कठ्ठा जग्गामा उनले व्यवसायीक तरकारी खेती गरेरै वार्षिक २ देखि ३ लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् । उनले भने, “आफुले तरकारी खेती गर्दै आइरहेको अहिले १८ वर्ष भन्दा बढी भइसकेको छ् । बाह्रै महिना बारीमा मौसमी अनुसारको तरकारी खेती मात्रै हुने गरेको छ् । तरकारी खेतीबाटै सजिलै संग घर खर्च चल्ने गरेको छ्, कोरोना महामारीको समयमा भने तरकारी खेती निकै राम्रो संग फस्टाउएको रानाले बताएका छन् ।

रानाले तरकारी खेतीको लागि बिउ, मल कहिले भारत देखि त कहिले आफ्नै स्थानीय बजारबाट ल्याउने गरेको बताए । त्यसैगरी उक्त नगरपालिकाकै स्थानीय भजनी चौधरीले विगत ८ वर्ष देखि व्यावसायिक तरकारी खेती गर्दै आइरहेको बताए । उनले भने, “सुरुमा आफूले घरायसी प्रयोगका लागि मात्रै तरकारी उत्पादन गरेको थिए । तर आफ्नो उत्पादन निकै राम्रो संग फस्टाउँदै गएपछि त्यसलाई व्यावसायिक रुपमा नै तरकारी खेती गरेको हो, अहिले ४ कट्टा जमिनमा तरकारी खेती गर्दै आइरहेको चौधरीले बताएका छन् ।”

चौधरीले आठ वर्ष अघि भारतको दिल्लीमा रोजगारी गर्दै आइएको बताए । उनले भने, “भारतमा रोजगारी गरेता पनि आम्दानी भने निकै कम हुने र घर धान्न समेत निकै मुस्किल पर्थ्यो । दिल्लीबाट घर आएर आफ्नै स्वदेशमा बसेर केही गर्छु भनि आफ्नै जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्न थाले तर, तरकारी खेती सुरु गर्नका लागि बीउ विजन, मलखाद खरिद गर्ने पैशा थिएन, उक्त खेतीको लागि समूहबाट ५० हजार ऋण निकालेर तरकारी खेती गरेको उनले बताए । त्यसैगरी चौधरीले आफ्नो जग्गामा अहिले काउली, टमाटर, बोडी, आलु, मुला, हरियो खुर्सानी, लसुन, धनियाँ, फर्सी, लौकी लगायतको मौसमी र बेमौसमी तरकारी लगाएका छन् ।

No description available.तरकारी खेतीबाट आएको आम्दानीको पैशा खर्च गरेर उनले दुई वटा प्लाष्टिक टनेल निर्माण समेत गरेका छन् । आलु लगायतका मौसमी तरकारी टनेल बाहिरै रोपेर उनले आम्दानी गर्दै आएका छन् भने, अन्य लहरे तरकारी भने उनले टनेल भित्रै रोप्ने गरेका छन् । त्यसैगरी चौधरीले तरकारी खेतीकै लागि वर्षमा ६५ हजार भन्दा बढी लगानी गदैैै आइरहेको बताए । लगानी कटाएर वर्षमा १ लाख देखि १ लाख ८० हजार सम्म चौधरीले आम्दानी गर्दै आएको बताएका छन् । चौधरी भन्छन्, “त्यत्रो समय मैले भारतमा खेर फाले, पहिले नै दिमाग आएको भए म भारत कहिले नि जाने थिएन । आफ्नो बिगतलाई सम्झिँदा र अहिलेको समय हेर्दा आफुले निकै मेहेनत र प्रगति गरेको लाग्छ ।”

त्यसैगरी उक्त नगरपालिकाकाकै स्थानीय रामकली खुनाले आफ्नो १० कट्टा जग्गामा मैसमी तथा बेमौसमी तरकारी खेती गर्दै आइरहेकी छिन् । उनले बेर्ना आफैँ उत्पादन गर्दै आएको र तरकारी बिक्रीमा भने कुनै समस्या समेत नहुने बताउँछिन् । उनले भनिन्,“हिउँदको समयमा धनियाँ, मुला,पालुंगो, गोभि, सिमी, टमाटर, खुर्सानी, बैगन, ब्रोकाउली लगाउने गरेकी छु भने, गर्मी याममा लहरे बालिमा लौकी, काक्रा, चिचिन्डा, भिन्डी, तोरीया, तर्भुज, बोडी लगाएतका तरकारी खेती गर्ने गरेकी छु । मैले सबै खर्च कटाएर वार्षिक ३ लाख भन्दा बढी रुपैयाँ सम्म तरकारी खेतीबाट आम्दानी गर्ने गरेको छु ।

उक्त व्यवसायबाट भएको आम्दानीले घर खर्च राम्रै संग चलेको र एउटा घर समेत बनाएको खुनाले बताएकी छिन् ।” त्यसैगरी खुनाले तरकारी खेतीमा घर परिवारले निकै सहयोग गरेको बताइन् । खुना भन्छिन् आफुले उत्पादन गरेको तरकारी महेन्द्रनगर सब्जी मण्डि बजार र गाउँ घरमा नौ बिक्री गर्ने गरेकी छु । आफूले व्यवसायीक तरकारी खेती सुरु गरेता पनि कुनै संघ संस्थाहरूबाट सहयोग भएन तर, आफ्नै परिवारको साथ सहयोगले गर्दा आज यहाँ सम्म पुगेको उनले बताइन् । उक्त व्यवसायलाई भविष्यमा अझैँ अगाडि बढाएर लैजाने योजना बनाएको खुनाले बताएकी छिन् ।

ताजा समाचार

सम्बन्धित समाचार