Saturday, July 27, 2024

फर्निचर उद्योगमा लागेका युवा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर-२ चौवनी बस्ने ३६ वर्षिय युवा फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आइरहेका छन् । उक्त गाउँपालिकाका युवा प्रकाश माली भन्छन् चौवनी बजारमै २०७० साल माघ १० गतेबाट फर्निचर उद्योग सुरू गरेको हो । जसको नाम राखे प्रिङ्का फर्निचर उद्योग ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

फर्निचर गुणस्तरीय उत्पादन गर्नुपर्छ भन्ने सोच मलाई पहिलैदेखि नै आएको थियो तर, आफुलाई त्यसको बारेमा काम सिक्नु र बुझ्नु थियो । बिस्तारै दिमागमा उद्योग कसरी चलाएर अगाडि बढाउने भनेर खेल्दै गयो । उनले भने, “फर्निचर उद्योगको लगानीका लागि आफू संग ७५ हजार रुपैयाँ मात्रै थियो ।, उक्त रुपैयाँबाट फर्निचर उत्पादनका लागि चाहिने मेसिन देखि लिएर फोम, कपडा लगायतका सामाग्रीहरू खरिद गरे । तर, त्यति रकमले मात्र फर्निचर उद्योग खोल्न भने सम्भव थिएन ।

No description available.

उक्त उद्योगको लागि लगानी गर्न आफु संग पर्याप्त बजेट नभएका कारणले गर्दा चौवनी बजारमा भएको २ कट्टा जमिनको लालपुर्जा एमबी बैंकमा धितो राखेर १५ लाख रुपैयाँ बैंकबाट ऋण निकालेको मालीले बताउँछन् ।” त्यसैगरी मालीले उक्त रकमबाट पलाई, काठ तथा किलाहरूमा लगानी गरेको बताए । उनले भने, “आफू एक्लै भएका कारणले गर्दा कुनै पनि कामहरू गर्न निकै कठिनाइ भएको थियो तर, बैंकबाट निकालेको ऋणबाट व्यवस्थित रूपमा फर्निचर उद्योगको लागि ठाउँ खरिद गरे । उक्त १५ लाख रुपैयाँले मात्रै सम्भव नभएर पुःन एमबी बैंकबाट फर्निचर उद्योगको लागि ३५ लाख रुपैयाँ ऋण निकालेको मालीले बताए ।

माली भन्छन् उक्त रकमबाट मैले २५ लाख रुपैयाँ फर्निचर उद्योगमा लगानी गरे भने, १० लाख रुपैयाँ आफूले पछि पनि फर्निचरको सामाग्री खरिदका लागि चाहिन्छ भनी उक्त रुपैयाँ आफ्नै खातामा जम्मा गरेको बताए । उनले भने, “२० वर्ष देखि व्यापार व्यवसायमा लागेको तर, अन्य व्यवसायहरू फस्टाउन नसकेता पनि फर्निचर उद्योग भने निकै राम्रो फस्टाउँदै गयो । बिस्तारै आफुले सञ्चालन गरेको उद्योगबाट निकैनै राम्रो नाम र आम्दानी कमाउँदै गरेको मालीले बताउँछन् ।”

No description available.

त्यसैगरी २५ वर्ष अघि मालीले बेलडाँडी गाउँपालिकाको चौवनी बजारमा चिया पसल खोलेर चिया बेच्दै आएको बताए । उनि भन्छन दैनिकी १५० देखि २०० गिलास भन्दापनि बढी चिया बिक्रि गर्ने गर्थे भने, दैनिक २ हजारभन्दा बढी आम्दानी हुने गर्थ्यो । तर, उक्त व्यवसायबाट चित्त बुझ्दो आम्दानी नहुँदा उक्त व्यवसाय पनि छोडेर कृषि व्यवसायमा लागेको माली बताउँछन् । उनले भने, “कृषी व्यवसाय तिर लागेको म तर, उक्त व्यवसायमा समेत धेरै समय भने टिक्न सकेन । त्यसपछि फर्निचर उद्योग सञ्चालन गरेको मालीले बताए ।

त्यसैगरी माली भन्छन् फर्निचर उद्योग सञ्चालन गर्दा सुरूमा काठ पाउन पनि निकै नै गाह्रो पर्ने गर्थ्यो भने, काठ पाउँदा फर्निचर उद्योगमा काम गर्ने मिस्त्री खोज्न पनि गाह्रो हुन्थ्यो । आफुले उत्पादन गरेका समाग्रीहरूलाई बजारमा कसरी उपभोक्ताहरू सम्म पुर्याएर बिक्री वितरण गर्ने भन्ने चिन्ता आफूलाई लागि रहने माली बताउँछन् । उनले भने,”अहिले गाउँघर (आबादी) बाट नै फर्निचर उद्योगको लागि सजिलै संग काठ पाइने गर्छन् भने, उक्त उद्योगबाट अहिले मासिक ३ देखि ४ लाख रुपैयाँ आम्दानी गर्ने गर्छ भने, वार्षिक ३६ लाख रुपैयाँ आफुले आम्दानी गर्दै आइरहेको उनले बताए ।”

ताजा समाचार

सम्बन्धित समाचार