Saturday, July 27, 2024

मध्यजापानमा शक्तिशाली भूकम्प र सुनामी

प्रकाशित:

नयाँ वर्षको पहिलो दिनमै मध्यजापानमा एउटाaशक्तिशाली भूकम्प गएको छ। जापानको तटीय नोतो क्षेत्रमा ७।६ म्याग्निट्यूडको भूकम्प गएको हो। स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५।७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७।६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको थियो। सबैभन्दा शक्तिशाली भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउँदा केही क्षति भएको छ। समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन्।

जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोतो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई “तत्काल उच्च भागमा जान” निर्देशन दिइएको छ। एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोतो क्षेत्रमा पुगेको छ।अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन्।

ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ।भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन।जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने ठानिएको छ।

जापान सरकारका प्रवक्ता योशिमासा हयाशीले उक्त क्षेत्रका बासिन्दालाई थप भूकम्पका लागि तयार रहन चेतावनी दिएका छन्। एनएचकेका एक प्रस्तोताले प्रभावित क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरे।

उनले भने, हामीलाई थाहा छ( तपाईँका लागि तपाईँको घर र सबै कुरा बहुमूल्य छन् तर तपाईँको जीवन सबै कुराभन्दा महत्त्वपूर्ण छ। सम्भव भएसम्म उच्च भागतर्फ जानुहोस्।

टलिभिजनहरूले मानिसहरूलाई तटीय क्षेत्र छाड्न आग्रह गरिएका सूचनाहरू प्रसारण गरिरहेका छन्।स्थानीय बासिन्दाहरूले भूकम्पपछिको अवस्थाबारे विभिन्न स्थानबाट भिडिओहरू सामाजिक सञ्जालमा राखिरहेको देखिएको छ।

उक्त देशको सबैभन्दा ठूलो परमाणु ऊर्जा सञ्चालन केन्द्र कान्साई इलेक्ट्रिकले प्रभावित क्षेत्रका आफ्ना केन्द्रहरूमा “अस्वाभाविक गतिविधिहरू” नदेखिएको जनाएको छ।दक्षिण कोरियाको मौसम विज्ञानसम्बन्धी निकायले उक्त सुनामीको छाल त्यो देशको पूर्वी तटमा स्थानीय समयानुसार बेलुका साढे छ बजेदेखि सवा सात बजेसम्ममा पुग्न सक्ने जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार