Saturday, July 27, 2024

बालकुमारीमा गोली हान्न आदेश दिने डिएसपी लम्सालले कोभिडमा डाक्टरमाथि निर्घात कुटपिट गरेका थिए

प्रकाशित:

काठमाडौं। शुक्रबार बालकुमारीमा प्रदर्शनकारीमाथि गोली प्रहारको घटनामा जिल्ला प्रहरी परिसर, ललितपुरका डिएसपी उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओ सई बोधराज दनुवार निलम्बनमा परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह तथा ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।

सरकारले उक्त घटनामा प्रहरीको कमाण्ड गरिरहेका डिएसपी लम्सालका साथै मन्त्री प्रकाश ज्वालाका पिएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको हो । डिएसपी लम्सालले अवस्था नियन्त्रणमै रहँदा गोली चलाउन आदेश दिएका थिए ।

दुईजना युवाको ज्यान जानेगरी शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा प्रहरीतर्फको कमाण्ड डिएसपी उमेश लम्सालले गरेका थिए । उनकै कमाण्डमा रहेको १२५ जनाको प्रहरीको धरपकडमा परी दैलेख र अछामका दुई युवाले ज्यान गुमाउनु परेको छ ।

डिएसपी लम्साल यसअघि महाराजगञ्जमा रहँदा कोभिडको समयमा काम गरेर घर फर्कने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति अस्पतालका डाक्टरमाथि कुटपिट गरेका कारण कारबाहीमा परेका थिए ।

अस्पतालबाट ड्युटी सकी हातमा एप्रोन बोकेर गइरहेका चिकित्सकलाई हौसला दिनुपर्नेमा उल्टै निर्घात कुटपिट गरेर बहादुरी देखाउँदा उनी कारवाहीस्वरुप महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा तानिएका थिए ।डिएसपी लम्साल जुवाडे पक्राउको काण्डमा पनि आर्थिक विवादमा परेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार