Saturday, July 27, 2024

वीरेन्द्रका बुवा टेकबहादुर भन्छन् – हाम्रा माग पूरा नभए लास बुझ्दैनौं, आन्दोलनमा जान्छौं

प्रकाशित:

महेनद्रनगर । प्रहरीको गोली लागेर शुक्रबार ललितपुरको बालकुमारीमा मारिएका वीरेन्द्र शाहका बुवा टेक बहादुर शाहले आफ्ना माग परा नभएसँग छोराको शव नबुझ्ने बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उनले सो कुरा बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डसँग आफ्ना माग राखेको बताए ।उनले भने ‘जति हाम्रो माग छन् । ती माग पुरा हुन्छन भने हामी सहमतमा छौँ । आफ्नो लास पनि लिन्छौं । यदि उहाँहरुले हाम्रा माग पूरा गरेन भने लास पनि बुझ्दैनौं । हामी आन्दोलनमा जान्छौं । हाम्रो सम्झौता हुँदैन् ।’

शुक्रबार छोरा मारिएको खबर सुनेपछि बुवा टेक बहादुर लगत्तै धनगढीका लागि हिडेका थिए । शनिबार बिहान धनगढी पुगेका उनी अन्य आफ्न्तसँग विमानमार्फत काठमाडौं पुगेका थिए ।शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगी मृतकका उनीसहित आफन्तले प्रधानमन्त्री प्रचण्डसँग विभिन्न माग राखेका छन् । मृतकका आफन्तहरुले प्रहरी नेतृत्वमा बनेको छानबिन समिति नमान्ने भन्दै न्यायिक समिति गठनको माग गरे ।

मृतकका आफन्तहरुले प्रहरीको नेतृत्वमा बनेको समिति नमान्ने, दोषीमाथि कडाभन्दा कारबाही हुनुपर्ने र मृतकलाई सहिद घोषणा गर्नु माग गरेको बताइएको छ ।यस्तै, रोजगारीमा विदेश जाने विषयको आन्दोलनमा शाह र राउतको ज्यान गएको भन्दै उनीहरूका परिवारलाई रोजगारीको व्यवस्था गर्न समेत आफन्तको माग छ ।

इपीएस परीक्षाका विषयमा शुक्रबार बालकुमारीमा प्रदर्शनका घटनामा परी जिल्ला अछाम चौरपाटी गाउँपालिका वडा नं। १ घर भई हाल काठमाडौं बस्ने वर्ष २१ का वीरेन्द्र शाह र जिल्ला दैलेख महाबु गाउँपालिका वडा नं। ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउतको मृत्यु भएको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार