काठमाण्डौ – ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटना र प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
प्रहरी नायब महानिरीक्षक ९डीआइजी० लालमणि आचार्य संयोजक रहेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहेका गृह मन्त्रालयले जनाएको छ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
समितिलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)
आयोगले आज विज्ञप्ति निकालेर घटनाको अध्ययन अनुसन्धान थालिएको पनि जनाएको छ । प्रारम्भिक अध्ययनबाट प्रहरीले अत्यधिक बल प्रयोग गरेको देखिएको आयोगले जनाएको छ ।