Saturday, July 27, 2024

मानव– बन्यजन्तु सहअस्तित्व विकासको लागि संरक्षणकर्मीलाई तालिम दिईदै

प्रकाशित:

ऐश्वर्या कुवँर । महेद्रनगर । श्ुाक्लाफाटा राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकुति संरक्षण कोष (एनटिएनसीले) मानव बन्यजन्तु सहअस्तित्व विकासका कायम राख्न प्रशिक्षकका लागि प्रशिक्षण तालिमको आयोजना गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पछिल्लो समय मानव र बन्यजन्तु  विच बढ्दै गईरहेको द्धन्द्ध लाई न्युनिकरणको पाटोमा कसरी लैजान सकिन्छ त भन्ने हेतुले दुरपश्चिम प्रदेशको विभिन्न जिल्लाको उच्च पहाडि क्षेत्रका रहेका मध्यवर्ती बन, राष्ट्रिय निकुञ्ज,अपि हिमाल संरक्षण क्षेत्र,सामुदायीक बन जंगल वरिपरि बसोवास गर्ने समुदायका मानिसहरुलाई एक हप्ताको प्रशिक्षकका लागि प्रशिक्षण तालिमको आयोजना गरेको श्ुाक्लाफाटा राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकुति संरक्षण कोष (एनटिएनसीका) प्रमुख लक्ष्मीराज जोशीले बताए । उनका अनुसार कञ्चनपुर सहित दार्चुला, बैतडी, डडेल्धुरा र डोटीका २५ जना संरक्षणकर्मीलाई तालिम दिन लागेको बताए ।

मानव–वन्यजन्तु सहअस्थित्व विकासका लागि प्रशिक्षकका लागि प्रशिक्षण तालिम आयोजना गरिएको उनको भनाई रहेको छ । बिहीबारदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एनटिएनसीमा तालिम शुरु गरिएको छ । एनटिएनसीका प्रमुख जोशीले तराईमा बाघ र पहाडी जिल्लाहरुमा चितुवाले मानवमाथि आक्र्मण गरिएको अवस्थामा समुदायका सरक्षणकर्मीलाई तालिम लिएर उनीहरुले समुदाय स्तरमा अभिमुखिकरण गराउने बताए । सरक्षणमा समुदायको महत्वपूर्ण भूमिका हुने भन्दै तालिम दिन लागेको बताए ।

बन्यजन्तुले मानवमाथि आक्र्मण गर्दा मानव समुदायको बन्यजन्तुप्रति बढिरहेको मनोविज्ञानले भावि दिनमा बन्यजन्तु सरक्षणमा चुनौती थपिने भएकाले समुदायको सरक्षणमा अग्रसर गराउन उक्त तालिमको उदेश्य रहेको छ । कार्यक्रमको उद्घाटन गर्दै शुदुरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव हेमराज बिष्टले विगतका दिनमा तराईका जिल्लाहरुमा वनको क्षेत्रफल धेरै भएता पनि पछिल्लो समय अव्यावस्थीत बसोबासले वनको क्षेत्रफल मासिदै गईरहेको बताए मानव मात्र बलियो या मानवले जे चाह्यो त्यहि गर्नेहो भने प्रकृति धोस्त हुन्छ,‘उनले भने,‘बन्य जन्तु प्रकृतिका गहना हुन मानिस र बन्यजन्तुको सम्बन्ध सुमधुर र कायम रहन जरुरी देखिन्छ,।‘मानिस बन्यजन्तु जस्तो होईन,‘मानिस विवेकशिल प्राणी भएकोले पछिल्लो समय बढ्दै गईरहेको मानव र बन्यजन्तु  विचको द्धन्द्धमा मानिसले आफ्नो वौद्धिकता देखाउने समय आएको निमित्त सचिवको भनाई रहेको छ ।

मानव जिवनको लागि मानव र बन्यजन्तु  समिक्षण बराबर रहेको प्रशिक्षकका लागि प्रशिक्षण लालिमका मुख्य प्रशिक्षक नरबहादुर साउँदले बताए । शुक्लाफाटा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बन्यजन्तुको बासस्थान साघुरिदै गएको रमानव बस्तीको बढ्दो सख्याले मानव र बन्यजन्तुविच द्धन्द्ध बढ्दै गईरहेको बताए ।द्धन्द्ध न्युनिकरणका लागि समुदाय अग्रसर र सचेत हुन जरुरी देखिनु पर्ने भट्टराईले जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार