Saturday, July 27, 2024

कृष्णपुर र बेदकोटमा प्रभावकारी बन्दै निड्स नेपालको महिला उद्यमी सशक्तिकरण परियोजना

प्रकाशित:

महेन्द्रनगर । निड्स नेपालले कञ्चनपुरका बेदकोट र कृष्णपुर नगरपालिकाका २/२ वडामा सञ्चालन गरेको दिगो आर्थिक विकासका लागि महिला उद्यमी सशक्तिकरण परियोजनाको अध्ययन तथा अनुगमन गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निड्स नेपालद्वारा ७ महिना देखि दुवै स्थानीय तहमा सञ्चालित उक्त परियोजनाको आईतबार बेदकोट–४ र ५ मा अध्ययन अनुगमन गरेको हो भने सोमबार कृष्णपुर नगरपालिकाको वडा नं. २ र ४ मा अध्ययन अनुगमन गरेको हो ।

टोलहरुमा उद्यमी महिलाहरुलाई एकिकृत गर्दै एफसिए संगको साझेदारीमा निड्स नेपालले झण्डै ७ महिना अघि देखि बेदकोट र कृष्णपुरका २/२ वडामा दिगो आर्थिक विकासका लागि महिला उद्यमी सशक्तिकरण परियोजना सञ्चालनमा ल्याएको संस्थाका सह कार्यकारी निर्देशक प्रकाश मडैले बताए ।

न्यून आर्थिक अवस्था भएका, उद्यम गर्न चाहने, पहुँच विहिन र एकल महिलाहरुलाई एकिकृत गरेर ३०/३० जनाको समुह निर्माण गरि निड्स नेपालले विभिन्न किसिमका सीप मूलक तालिमहरु, अभिमुखिकरण कक्षाहरु, सडक नाटक, नेतृत्व विकास र जिविकोपार्जन एवं व्यवसायीकता सम्बन्धि जागरण फैलाउने काम गर्दै आएको छ ।

निड्स नेपालले बेदकोट–४ र ५ दुवै वडामा ३०/३० जना महिला उद्यमीका २/२ समुहहरु बनाएर परियोजना सञ्चालनमा ल्याएको छ ।

त्यसरी नै कृष्णपुरमा पनि १२० परिवारका महिलाहरु सोहि प्रक्रियाबाट लाभान्वित हुँदै आएका छन् । निड्सले परियोजना सञ्चालनमा ल्याएको ६ महिना भन्दा बढी भएको छ ।

यो अवधिमा उक्त समुहमा जोडिएका महिलाहरुमा व्यवहारिक देखि व्यवसायीक ज्ञान सीपमा बृद्धि भएको पाइन्छ ।

दिगो आर्थिक विकासका लागि महिला उद्यमी सशक्तिकरण परियोजनामा जोडिएका बेदकोट र कृष्णपुरका महिलाहरुमा निर्धक्क भएर आफ्नो परिचय दिन सक्ने क्षमता विकास, नाम लेख्न तथा हस्ताक्षर गर्न सक्ने क्षमता अभिबृद्धि, वित्तिय तथा सहकारी संस्थाहरु सम्बन्धि ज्ञान, व्यवसायीक रुपमा बाख्रा पालन, कुखुरा पालन र खाजा नास्ता सम्बन्धि ज्ञान सीप आर्जन भएको छ ।

परियोजना अन्तर्गत रहेर बेदकोटमा ११ जनालाई बाख्रा पालन सम्बन्धि तालिम, ९ जनालाई खुकुरा पालन र ४ जनालाई खाजा नास्ता सम्बन्धि तालिम दिइएको निड्स नेपालकी मिल अधिकृत सिर्जना जोशीले बताइन् ।

तालिम प्राप्त समुहका सदस्यहरुलाई निड्स नेपालले सहयोग गरेको समेत उनले बताइन् । बेदकोटमा बाख्रा पालन सम्बन्धि तालिम लिएका ११ जनालाई २/२ बाख्रा वितरण गरिएको मिल अधिकृत जोशीले बताईन् ।

त्यस्तै कृष्णपुर २ र ४ मा पनि तालिम प्राप्तहरुलाई बाख्रा वितरण गरिएको छ । कुखुरा पालनको तालिम लिएका महिला उद्यमीहरुलाई पनि खोर व्यवस्थापन खर्च सहित एक सय ओटा कुखुराका चल्ला वितरण गरिने निड्स नेपालकी सामाजिक परिचालक अनिता रानाले बताइन् ।

कृष्णपुर–२ मा उक्त परियोजना संग जोडिएर समुहमा आबद्ध भएकी सालघारी महिला सशक्तिकरण केन्द्रकी २७ वर्षिय गिता चौधरीले कुखुरा पालन सञ्चालन गरेकी छिन् ।

चौधरीले वर्ष दिन अघि मात्रै कुनै वित्तिय संस्थाबाट एक लाख ऋण निकालेर थालेको कुखुरा पालन व्यवसायले अहिले राम्रो आम्दाी दिन थालेको छ । उनले पाँच सय कुखुरा पालेकी छिन् । निड्स नेपालको उक्त परियोजनाले समेत आफ्नो व्यवसायमा थप बल पुगेको चौधरी बताउछिन् ।

त्यस्तै निड्सको उक्त परियोजनाले समाजमा महिला हिंसा, जातका आधारमा गरिने छुवाछुत, छाउपडी प्रथा, बाल विवाह, घरेलु हिंसा, लागु औषध दुर्व्यसनी लगायतका सामाजिक हिंसा एवं कुरीति–कुसंस्कारहरु न्यूनिकरण भएको कृष्णपुर–४ किचाई सिविरकी सहजकर्ता माया बोहरा बताइन् ।

किचाई सिविर लगायतका अधिकांश ठाउँहरुमा महिलाहरु संग जन्म दर्ता, नागरिकता, बसाईसराई र विवाह दर्ता समेत नभएका कारण विभिन्न कानूनी अड्चन एवं व्यवसायीक कामका लागि समस्या देखिने गरेको छ ।

निड्सको दिगो आर्थिक विकासका लागि महिला उद्यमी सशक्तिकरण परियोजनाले गर्दा केहि महिलाले आफ्नो नागरिकता लिएका छन्, विवाह गर्दा पनि गरेका छन् । जसले गर्दा उनीहरुलाई उद्यम एवं व्यवसायीकताका लागि समेत सजिलो भएको छ ।

कृष्णपुरमा उक्त परियोजना सञ्चालन रहेको –२ र ४ नं. वडामा सोमबार समुहहरुको अध्ययन तथा अनुगमन गरिएको छ ।

कृष्णपुर नगरपालिकाका नगर उप प्रमुख द्रोपती राना, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष धर्म सिंह र अर्जुन साउँद, त्यस्तै निड्स नेपालका उपाध्यक्ष धन बहादुर कुस्मी, संस्थाकै अनुगमन संयोजक बिमला शाह, संस्थाका मिल अधिकृत सिर्जना जोशी, कार्यसमिति सदस्य किसन खड्का, सहजकर्ता अनिता राना र सञ्चारकर्मी लगायतको टोली परियोजनाको उपलब्धी र कार्यान्वयका सन्दर्भमा अध्ययन अनुगमन गरेको हो ।

 

ताजा समाचार

सम्बन्धित समाचार