Saturday, July 27, 2024

निड्स नेपालद्वारा दिगो आर्थिक विकासकालागि महिला उद्यमी सशक्तिकरण परियोजनाले बेदकोटका १२० परिवार लाभान्वित हुँदै

प्रकाशित:

महेन्द्रनगर । निड्स नेपालद्वारा कञ्चनपुरको बेदकोट नगरपालिकाको वडा नं. ४ र ५ मा दिगो आर्थिक आम्दानी/विकासका लागि महिला उद्यमी शशक्तिकरण परियोजना सञ्चालनमा छ । गत जेठ महिना देखि सञ्चालनमा रहेको उक्त परियोजनामा बेदकोटका १२० परिवार लाभान्वित हुँदै आएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

एफसिए संगको साझेदारीमा निड्स नेपालद्वारा सञ्चालित उक्त परियोजना बेदकोटका र कृष्णपुर नगरपालिका २/२ वडामा सञ्चालनमा ल्याएको छ ।

महिलाहरुलाई उद्याी र शशक्त बनाउनका लागि उक्त परियोजना सञ्चालनमा ल्याइएको हो ।

बेदकोट–४ र ५ मा आइतबार दिगो आर्थिक आम्दानी/विकासका लागि महिला उद्यमी शशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको अध्ययन तथा अनुगमन गरिएको छ । बेदकोट नगरपालिकाकी नगर उप प्रमुख तुलसी जोशीको प्रमुख अतिथ्यमा उक्त परियोजनाको अध्ययन तथा अनुगमन गरिएको हो ।

उक्त परियोजनामा निड्स नेपालले महिला समुह पहिचार र पुर्नगठन गर्दै आएको छ । बजार बिश्लेषण, व्यवसाय सुरुवात तथा सुधार र मूल्य श्रृंखला सम्बन्धि तालिम प्रदान गर्दै आएको छ ।

त्यस्तै सिप विकास तालिम अन्तर्गत बाख्रा पालन, कुखुरा पालन र खाजा नास्ता सम्बन्धि तालिम, तालिम दिएकाहरुलाई समाग्री सहयोग, निजी क्षेत्र साझेदारहरु संग अन्तरक्रिया कार्यक्रम, लेबलिङ्ग तथा प्याकेजिङ सहयोग, व्यवसाय दर्ता सम्बन्धि सहयोग समेत गर्दै आएको छ ।

त्यस्तै निड्स नेपालले वित्तिय साक्षरता सत्र सञ्चालन, वित्तिय संस्थाहरु संग अन्तरक्रिया, सहकारी संस्थाहरुको क्षमता विश्लेषण, महिला वा महिला नेतृत्व रहेका सहकारी संस्थालाई सहयोग, रिफ्लेक्ट टीओटी सञ्चालन गर्दै आएको छ ।

सोहि परियोजनाले बेदकोट ४ र ५ का १२० महिलाहरुमा बोल्न सक्ने क्षमता, आफ्ना कुरा प्रष्ट राख्न सक्ने विकास भएको छ । यो परियोजना सञ्चालन भएको ६ महिना मात्रै भएको छ । यो परियोजना ३ वर्ष सम्म सञ्चालन हुँने निड्स नेपालले जनाएको छ ।

उक्त परियोजनाबाट स्थानीय महिलाहरु कृषि व्यवसायमा बाख्रा पालन र कुखुरा पालनमा समेृत लागेका छन् । निड्स नेपालले केहि महिलाहरुलाई पशुपालनका लागि बाख्रा र कुखुरा समेत उप्लब्ध गराएको छ ।

गाउँघरमा महिला हिंसा, छुवाछुत, छाउपडी लगायतका घटनाहरुमा समेत कमी आएको दिगो आर्थिक आम्दानी/विकासका लागि महिला उद्यमी शशक्तिकरण परियोजना संग जोडिएका महिलाहरुले बताए ।

महिला संग केन्द्रीत परियोजना रहेकोले गाउँघरका न्यून आर्थिक अवस्था भएका, पहुँच नभएका महिलाहरुलाई एकिकृत गरेर उनीहरुलाई व्यवसायीकता र आर्थिकोपार्जन संग जोड्नका लागि यो परियोजना सफल हुने निड्स नेपालले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार