-महेन्द्रनगर । महेन्द्रनगरको ऐठपुरबाट झण्डै दुईलाख बराबरको अवैध समान बरामद गरिएको छ ।
कञ्चनपुर प्रहरीले मंगलबार महेन्द्रगरको शिवमन्दीर नजिक ऐठपुरबाट कञ्चनपुरबाट १ लाख ८३ हजार ७ सय ६० मुल्य बराबरका जुत्ता, थानको कपडा, लेडिज ब्याग, चप्पल लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
भन्सार छली गरी ल्याएका उक्त सामानहरु बरामद पश्चात भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।