महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाले किसानलाई परिचयपत्र वितरण गरेको छ। बुधबार एक कार्यक्रमबिच तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरिएको छ।

बेलौरी नगरका मेयर पोतीलाल चौधरीले तीन वडाका ७५ व्यावसायिक रूपमा तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरेको बताए। मेयर चौधरीका अनुसार ३, ५ र ९ का तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरिएको छ।
