Saturday, July 27, 2024

राष्ट्रिय लैङ्गिक समानता नीति २०७७ बारे अभिमुखिकरण कार्यक्रम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा लैङ्गिक समानता नीति कार्यान्वयन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ् । उक्त कार्यक्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा राष्ट्रिय लैङ्गिक समानता निति २०७७ तथा राष्ट्रिय लैङ्गिक समानता निति कार्यान्वयन कार्य योजनाको अभिमुखीकरण तथा प्रचार प्रसार कार्यक्रम सञ्चालन गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उक्त कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय कार्यलय कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहोरा लगायत सभापतिमा माहिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, विशिष्ट अतिथिमा वेतकोट नगरपालिकाका नगरप्रमुख भोज राज बोहोरा, अतिथिमा जिल्ला समन्वय कार्यालयका उपप्रमुख रामकुमारी राना तथा सुदूरपश्चिम भरिका स्थानीय जनप्रतिनिधि र विभिन्न संघसंस्थाहरूका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा जिल्ला समन्वय कार्यालयका प्रमुख अतिथी बोहराले लैङ्गिक असमानता महिलाहरूबाटै हुने भएकाले महिलाहरूले नै लैङ्गिक समानताको नेतृत्व निभाउनु पर्ने बताए । उनले भने, “यसलाई अभियानको रुपमा अघि बढाउन जरूरी रहेको उनले बताए ।” लैङ्गिक समानता निति कार्यान्वयन कार्य योजनाको अभिमुखीकरण तथा प्रचार प्रसार कार्यक्रममा उक्त मन्त्रालयका सचिव ममता बास्तोलाले सरकारले सञ्चालन गरेका कार्यक्रमहरुलाई प्रभावकारी र परिणाममुखी बनाउन स्थानीय पालिकाहरुले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयमा महिला लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ मेनुका बस्नेत विष्टले समाजमा महिलाले विभिन्न कारणहरूले दुःख खेप्नु परेको भन्दै कानुनले निषेध गरेका छाउपडी, दाइजो, छुवाछुत जस्ता प्रथा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य भएको बताइन् । उनले भनिन्, “यसलाई मध्यनजर गरी सरकारीले स्थानीय स्तरसम्म जनचेतना फैलाउन उनिहरुलाई महसुस गराएर आफ्नो ठाउँमा नेतृत्व गराउन यस्ता कार्यक्रमहरू गर्न आवश्यक छन् ।, सर्वप्रथम यस्ता कार्यक्रमहरू हरेक नगरपालिकाका सबै वडाहरूबाट नै कार्यन्वयन गर्न आवश्यक रहेको र महिला अधिकारको लागि आवाज उठाउनु पर्ने उनले बताइन् ।” त्यसैगरी उनले सबैभन्दा बढी सुदूरपश्चिममा नै यस्ता घटनाहरू धेरै मात्रामा घट्ने गरेको उनले बताएकी छिन् ।

त्यसैगरी लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रूपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन सकेको छैन् । नेपाल सरकारले पनि लैङ्गिक हिंशााको सम्वोधनका लागि नितिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रमहरु तय गरेतापनि नेपाली समाजमा महिला भएकै कारण हुने विभेदका परिणाम स्वरुप महिलाहरू माथि हुने हिंसाले निरन्तरता पाईरहेका छन्, त्यसैले हिंसा न्युनिकरणका सवालमा सरकारी तथा गैरसरकारी संस्थाहरुका प्रयासहरुलाई सार्थक बनाउन नागरिक स्तरमा अझैं सचेतना फैलाउन आवश्यक रहेको सरोकारवाला निकायहरू बताउँछन् ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार