महेन्द्रनगर । राप्रपाले कञ्चनपुरमा विशाल आमसभा सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष लगायतका नेताहरुबाट पुर्वराजा महेन्द्रको सालिक पुनः स्थापनाका लागि राप्रपाले आयोजना गरेको आमसभाको रोष्टमबाट बोल्दै आठ राजनीतिक दलहरु एक भएर सालिक स्थापना गर्नबाट रोक लगाएकोप्रति नेताहरुले आक्रोस व्यक्त गरेका छन् ।

बिहिबार महेन्द्रनगरमा राप्रपाद्वारा आयोजित उक्त आमसभाबाट पुर्वराजा महेन्द्रको सालिक पुनः स्थापना गर्ने कार्यतालिका रहेको थियो । यद्यपी प्रशासन र प्रहरी संयत्रको कडाई र निषेधाज्ञा पछि राप्रपाले महेन्द्रको सालिक स्थापनाको कदम पछि सारेको छ ।

पुर्वराजा महेन्द्रले नै आजको नेपालको परिकल्पना गरेर देश जोगाएको उल्लेख गर्दै राप्रपाका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले राजाको नाम लिदा आज किन टाउकेहरुको टाउको दुखिरहेको भन्ने जिज्ञाशा राखे ।

राप्रपाको लडाई कुनै राजनीतिक दलहरु संग नभई देशमा व्याप्त भ्रष्ट्राचार र राष्ट्रघातीहरु संग रहेको पार्टी प्रवक्ता शाहीले बताए ।
महेन्द्रनगरको स्मारकमा पुर्वराजा महेन्द्रको सालिक स्थापना गर्न नदिएको सन्दर्भमा आठ दलहरु राजाको मुर्ती संग नै डराएको राप्रपाका नेताहरु अध्यक्ष राजेन्द्र लिङ्गदेन, वरिष्ठ उपाध्यक्ष रविद्र मिश्र, प्रवक्ता शाही लगायतले बताए ।
विपी र मदन भण्डारीका सच्चा कार्यक्रताहरुले नै राजको सालिक राख्ने प्रवक्ता शाहीले बताए । उतिबेला विपी कोइराला र मदन भण्डारीले देशमा राजा चाहिने र आवश्यक रहेको बताउदै आएको जनाउदै प्रवक्ता शाहीले भने, ‘यदि तपाई साच्चै विपी वा मदन भण्डारीको कार्यक्रता हो भने महेन्द्रनगरमा राजा महेन्द्रको सालिक रा्रपाले होइन, एमाले र कांग्रेसले राख्छन र राख्नुपर्दछ ।’
राप्रपाले महेन्द्रनगरको स्मारकमा पुर्वराजा महेन्द्रको सालिक स्थापनार्थ आयोजना गरेको विशाल आमसभामा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्री शाही लगायतका केन्द्रीय तथा प्रदेश स्तरिय नेताहरुले सम्बोधन गरेका थिए ।
जिल्ला प्रशासन कार्यलय कञ्चनपुरले आज देखि एक साताका लागि स्मारक स्थल नजिकका क्षेत्रमा निषेधाज्ञा समेत जारी गरेको छ ।


