-महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले आज १६ औं राष्ट्रिय निर्माण दिवस भव्यताका साथ मनाएको छ । हरेक मंसिर २२ गते संघले राष्ट्रिय निर्माण दिवस मनाउै आएको छ ।

राष्ट्रिय दिवसको अवसरमा संघले बुधबार जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता गरेको थियो । सामुदायीक विद्यालयहरुको सहभागिता रहने गरि आयोजना गरिएको प्रतियोगितामा ४४ विद्यालयहरुले सहभागिता जनाएको सचिव सुर्य बहादुर चन्दले बताए ।

निर्माण दिवसको अवसरमा सम्पन्न उक्त हाजिरी जवाफ प्रतियोगिताको पुरस्कार आज वितरण गरिएको छ । अन्तर माद्यमिक जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुँने शुक्लाफाँटा नगरपालिकाको राष्ट्रिय मावि पिपलाडीलाई २१ हजार १११ रुपैया पुरस्कार राशी सहित मेडल, ट्रफि र प्रमाणपत्र वितरण गरिएको छ ।

निर्माण दिवसमा उक्त कार्यक्रमको प्रमुख अतिथी रहेका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले प्रथम हुँने राष्ट्रिय मावि पिपलाडीलाई पुरस्कारह हस्तान्तरण गरेका हुँन । त्यस्तै दास्रो हुने लक्ष्मी मावि बागफाँटालाई नेपाल निर्माण व्यवसायी महासंघका आमन्त्रित केन्द्रीय सदस्य प्रेम प्रकाश भट्टले पुरस्कार हस्तान्तरण गरेका हुन । लक्ष्मी माविले १५ हजार १११ रुपैया पुरस्कार पाएको छ । त्यस्तै तेस्रो हुँने बैजनाथ मावि महेन्द्रनगरले ११ हजार १११ र चौथो हुँने सिद्ध बैजनाथ मा िबनशाहले ५ हजार १११ रुपैया पुरस्कार पाएका छन् ।
आजको कार्यक्रममा संघले गत बुधवार सम्पन्न हाजिरी जवाफ प्रतियोगिता सफल बनाउनका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने, प्रश्नपत्र निर्माण समिति र निर्णयक मण्डललाई प्रशंसा पत्र सहित सम्मान गरेको उपाध्यक्ष देव बहादुर चन्दले बताए ।
कार्यालय परिसरमा झण्डात्तोलन सहित महेन्द्रनगर बजारमा प्रभात फेरी कार्याक्रम पश्चात पुरस्कार वितरण गरेर भव्यताका साथ १६ औं राष्ट्रिय निर्माण दिवस मनाइएको अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए ।


