Tuesday, April 30, 2024

बडुवाल टोलमा प्रतिदिन हात्ती आतंकः सरकार उदासिन !

प्रकाशित:

-पप्पु गुरुङ ।
दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा आज भोली पनि जंगली हाती आतंकले हैरानी छ । मात्तिएको हात्ती बस्तीमा पसेर भटाभट स्थानियहरुको घर भत्काउने, अन्नवाली खाईदिने तथा मानिसहरुमा आक्रमण गर्न आउने क्रम रोकिएको छैन् । बडुवाल टोल आसपासका जनता जंगली हात्तीकै कारण आजित भएका छन् ।

उनिहरुले राती परेपछि आफ्नो र आफ्नो् परिवारको हात्तीको अक्रमणबाट कसरी ज्याउने जोगाउने भन्ने चिन्ताले सताईरहेको छ ।

दुई दिन अघि मात्रै बडुवाल टोल निवासी तथा दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी रानालाई मध्यरातमा सुतेको अवस्थामा जंगली हात्तीले घर घेरेर झण्डै ज्यान लिएको थियो ।

वरिपरि हात्तीको बथानले घर घेरेपछि ज्यान जोगाउन वडा सदस्य लक्ष्मी रानाले घरको झ्यालबाटै स्थानियहरुलाई गुहार्नु परेको थियो ।

धन्न–धन्न हात्तीबाट ज्यान जोगाउन सफल भएका वडा सदस्य रानाले रातीको समयमा घरमा सुत्नै त्रास मानेका छन् । यस्तै मध्यरातमा जंगली हात्तीले घरमा आएर आक्रमण गर्ने हो भन्ने डरले सर्वसाधरण आतंकित छन् ।

बस्तीमा बालीनालीका लागि मुख्य समस्या नजिक रहेको भारतिय जंगलबाट भित्रिने हात्ती हो । यस्तै बादेल र जंगली गाईले पनि बाली नाली खाएर हैरान बनाउछन् । लगानी लायो, हात्ती लगाएत वन्यजन्तुले खाएको बडुवाल टोलका जनताले वर्षेनी गुनासो गर्नुको विकल्प छैन् ।

न सरकारले यस विषयमा गम्भिरतानै लिएको छ् । रातभरी जंगली हात्तीको त्रासमा बस्ने सर्वसधारणहरुको पिडा नमज्जाको छ् तर सरकारी पक्षले विकल्प समेत नखोजेर लाचारीपन देखाईनै रहन्छ ।

उक्त बस्तीमा स्थानिय सरकार प्रमुख, प्रदेश सभाका सदस्य तथा प्रतिनिधी सभाका सदस्य समेत बारम्बार अनुगमन तथा अवस्थाको बारेमा जानकार नभएका पनि हैनन् । यस वर्ष पनि जंगली हात्तीले श्रृख्लाबद्द रुपमा स्थानियहरुको घर भत्काउदै आएको छ ।

मध्यरातमा मस्त निन्द्रमा सुतेको बेला घर हात्तीले तोड्दै गर्दा आफ्नो नानी, वावुलाई काँखीमा च्यापेर ज्यान बचाउन भाग्नुको दैनिय पिडाको बारेमा सरोकारवाला गम्भिर नभईदिनु आश्र्चय लाग्दो र सोचनिय बिषय छ ।

हात्ती मानव सम्यताको प्रतिक हो । मानव र वन्य जन्तु बिच दुरी बढ्दै जादा उनीहरुका लागि संकट सृजना हुदै छ् हात्तीलाई संरक्षण गर्न वन जोगाउने र उनीहरुलाई खानेकुराको व्यवस्था गरिनुपर्छ ।

खानेकुरा अभाबकै कारण हात्ती बस्ती पसेर विध्वसं मच्चाईरहेको प्रष्ट छ् । हात्तीका लागि बासस्थान घटिरहेको छ, मान्छेको संख्या बढीरहेको छ ।

वन फडानी संगै हात्तीको चरिचरन क्षेत्र घट्दो छ् । अनि हात्ती हिड्ने कोरिडोरमै मान्छेले घर बनाएर बस्न थाले, जसले गर्दा मानिस र वन्य जन्तुबीच द्धन्द्ध बढ्दा दुबै असुरक्षित हुने क्रम पनि बढेको छ् भन्न सकिन्छ ।

यसरी सर्वसाधारण जनतालाई असुरक्षा महसुस भईरहेको स्थानमा सरकारले उचित समाधान खोज्नुको विकल्प छैन् । विशेष गरेर जैविक मार्गमा हात्तीको ओहोरदोहोर हुने र कहिलेकाही बस्तीमा पसेर हात्तीले धनजनको क्षति पु¥याउने स्थानमा सरकारले उपयुक्त विकल्पको खोजी गर्नु पर्छ ।

हात्तीको बथानले धनजन तथा मानवीय क्षति पु¥याउन थालेपछि स्थानीय बासिन्दा सुरक्षाको उपायको खोजीमा छन् । घरमै आएर हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा हात्तीबाट जोगिने उपायको खोजीमा लागेका छन् । हात्तीबाट स्थानीय बासिन्दाले जोगिने एक मात्रै उपाय सावधानी अपनाउनु रहेको छ ।

हात्ती धपाउनका लागि स्थानीय किसान रातभर जाग्राम बसेर आगो बाल्ने, साईरन बजाउने, होहल्ला गर्ने र पटका पड्काउने गरे पनि यी क्रियाकलापबाट हात्तीको बथान थोरै भएपनि डर मान्ने गरेको देखिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार