Saturday, July 27, 2024

टिकटकलाई नेपालभित्र ब्लक गर्न सघाउन अनुरोध गर्दै प्राधिकरणले लेख्यो जबाफी पत्र

प्रकाशित:

नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय अनुसार उक्त प्ल्याटफर्मलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न अनुरोध गरेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बीबीसीसँग कुरा गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सघाउन आफूहरूले टिकटकलाई अनुरोध गरेको बताए।यसअघि टिकटकका दक्षिण एशियाको पब्लिक पोलिसी र सरकारसँगको सम्बन्ध हेर्ने अधिकारीले उक्त सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई यसै साता पत्र पठाएका थिए।

नेपालको मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत रहेको भन्दै टिकटकले सातवटा बुँदामा नेपालमा आफ्नो प्ल्याटफर्मका कामहरूलाई राम्रोसँग अघि बढाउन गरिएका प्रयासको चर्चा गरेको थियो।

नेपालमा एउटा ठूलो जमातमाझ लोकप्रिय रहेको टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी कदमको कैयौँ सत्तापक्षकै नेताहरूले विरोध गरिरहेका छन् र उक्त विवाद सर्वोच्च अदालतसम्म पुगेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको जबाफ
यसै साता मानिसहरू दोस्रो ठूलो चाड तिहारमा व्यस्त रहेको समयमा सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

मन्त्रिपरिषद्को निर्णयमा टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यस सम्बन्धी व्यवस्था सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मिलाउने उल्लेख छ।

त्यसलगत्तै नेपाल सरकारको निर्णयप्रति असहमति जनाउँदै टिकटकले नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे सातवटा बुँदामा स्मरण गराएको थियो।

दूरसञ्चार प्राधिकरणले शुक्रवार टिकटकलाई पठाएको उक्त पत्रको जबाफमा नेपाल सरकारले प्रतिबन्ध लगाउनेबारे निर्णय गरेका हुनाले सरकारसँगै समन्वय गर्न उक्त सञ्जाललाई भनिएको छ।

उक्त सञ्जालले सामाजिक वातावरणमा नकारात्मक प्रभाव पारिरहेको र सामाजिक सद्भावमा क्षति पुर्‍याइरहेको निष्कर्ष निकाल्दै सरकारले नेपालभित्र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको पत्रमा उल्लेख छ।

बीबीसीले प्राप्त गरेको प्राधिकरणको पत्रमा भनिएको छ, “नेपाल सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटकको प्ल्याटफर्ममाथिको पहुँचलाई नेपालमा रोक लगाउन निर्देशन दिएको छ। त्यही भएर हामी तपाईँलाई सरकारको निर्णय कार्यान्वयन गर्न सघाउन अनुरोध गर्छौँ र हामी अझै पनि तपाईँलाई टिकटकलाई नेपालभित्र ब्लक गर्न सघाउन अनुरोध गर्छौँ। साभार बीबीसी समाचार

ताजा समाचार

सम्बन्धित समाचार