Saturday, July 27, 2024

भीमदत्तमा १५ हजार बढी संरचनाहरुमा भुकम्पीय जोखिम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा निर्माण भएका अधिकांस संरचनाहरु भुकम्पीय जोखिममा रहेको पाईएको छ । पहाडी जिल्लामा निर्माण गरिएका भवनहरु भन्दा बढी सुरक्षित रहेको भएपनि नक्सा पास नगरी बनाईएका पुराना घरहरु बढी जोखिममा रहेको पाईएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कुल २८ हजार घरधुरी रहेको यो भीमदत्त नगरपालिकामा १ लाख २३ हजार बढी मानिसको स्थायी बसोबास छ भने उत्तिकै हाराहारीमा अस्थायी रूपमा बसोबास गर्नेहरू पनि छन् ।

भीमदत्त नगरपालिका कार्यालयका अनुसार महेन्द्रनगरमा पनि धनगढी जस्तै २०७२ सालको महाभूकम्पपछि राष्ट्रिय भवन संहिता र मापदण्ड अनुसार संरचना बनेका छन् । तर, त्योभन्दा अघि निर्माण भएका संरचनामा भने भूकम्पीय जोखिमलाई खासै ध्यान दिइएको छैन् ।

भीमदत्त नगरपालिकाले दिएको जानकारी अनुसार अहिले १० देखी १२ हजार घरहरुले नक्सा पास गरेर बनाएको भएपनि बाँकी १५ हजार बढी संरचनाहरु भने, भुकम्पीय जोखिममा रहेको पाईएको भीमदत्त नगरपालिकाका इन्जिनियर दिपेन्द्रराज जोशीले बताए ।

२०७२ सालमा नक्सा पास गरेर बनाउने कार्य विधी बनाएको भएर पनि बाँकी घरहरु जोखिममै रहेको बताए । भुकम्प प्रतिरोधी घर बनाउने सरकारले भनेपनि घर बनाउँदा कस्तो घर निर्माण गरिएको छ घर बनाउने मिस्त्रीसंग भुकम्प प्रतिरोधी घर बनाउने अनुभव पनि आवस्यक हुनु पर्ने उनले बताए ।

राष्ट्रिय भवन संहिता र मापदण्ड अनुसार संरचना बनाउने अभ्यास निकै कम रहेको अवस्थामा पालिकाले मात्रै सम्भव नभएको भएर जस्ले आफनो घर निर्माण गरिरहेको छ उसैले चिन्ता लिनु पर्ने र बलियो खालको मापदण्ड पुरा गरेर संरचनाहरु निर्माण गरिनु पर्ने उनको भनाई छ ।

पुराना निजी घरहरु इँटा र माटोको गारोले निर्माण भएका छन् । कतिपय घरमा पक्की छत हालिए पनि पिलर नराखेको अवस्था देखिन्छ’ इन्जिनियर जोशीले भने, ‘२०७२ सालपछि निर्माण भएका संरचना मापदण्डअनुसार नै बनेका छन् ।

ठूलो भूकम्प गएमा पुराना संरचनामा बढी क्षति पुग्न सक्छ ।’ सानो वा ठूलो भूकम्पका आधारमा क्षति यति नै हुन्छ भन्न नसकिने जोशी बताउँछन् ।

‘भूकम्प कति म्याग्निच्यूडको गयो, त्यस अनुसारको क्षति हुन्छ भन्ने कुरा हुँदैन’ जोशीले भने, ‘भूकम्पको समयावधि, केन्द्रबिन्दु, दूरी जस्ता पक्षले अर्थ राख्छ ।

कहिलेकाहीं सानै भूकम्पले पनि ठूलो क्षति पुर्याउन सक्छ त कहिले ठूलै भूकम्पमा पनि क्षति न्यून हुन सक्छ ।’ तर, भूकम्पीय जोखिमबाट बच्न भने आम मानिस सचेत र जागरुक भएर बस्नुपर्ने उनको भनाइ छ ।

नेपालमा १९९० पछि २०७२ सालमा ठूलो भूकम्प गएको भए पनि विशेषज्ञका अनुसार पश्चिम नेपालमा पछिल्लो ५०० वर्ष यता ठूलो भूकम्प गएको छैन् ।

तर अब भने पश्चिम नेपाललाई नै केन्द्रबिन्दु बनाएर कुनै न कुनै समयमा ठूलो भूकम्प जानसक्ने जोखिम रहेको उनीहरू बताइरहेका छन् ।

अध्ययन अनुसार पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन ।

ताजा समाचार

सम्बन्धित समाचार