Saturday, July 27, 2024

सडक दुर्घटनामा घाईते थापाको उपचारको लागी संकलित रकम हस्तान्तरण

प्रकाशित:

पप्पु कालापानी / दोधारा । सडक दुर्घटनामा परि घाईते भएका भिम बहादुर थापाको उपचारको लागी संकलित रकम हस्तान्तरण गरिएको छ् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

केही दिन अघि मोटरसाईकल दुर्घटनामा परि घाईते भएका दोधारा चाँदनी नगरपालिकाका– ६ का वर्ष अन्ताजी २० का भिम बहादुर थापाको उपचारको लागी देश, बिदेशबाट संकलित उपचार सहयोग रकम हस्तान्तरण गरिएको स्थानियबासी बिन्नु थापाले जानकारी दिएका छन् ।

हिजो अबेर साँझ घाईते भिम बहादुर थापाको परिवारजनलाई देश, बिदेशबाट संकलित रकम रु. ६८ हजार ८ सय ३ हजार हस्तान्तरण गरिएको बिन्नुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका–६ का वडाध्यक्ष ओंम बस्नेत, स्थानिय युवा बिन्नु थापा, आकाश शर्मा, शुभम पौडेल, आकाश पाँण्डे, सुरज गुरुङ्ग, संजय थापा लगाएत पहलमा देश, बिदेशबाट उक्त रकम संकलन गर्न सफल भएको बताईएको छ् ।

घाईते थापाको भारतको खटिमा शहरको एक निजी अस्पतालमा उपचार भईरहेको छ् । आर्थिक अवस्था कमजोर रहेको घाईती थापाको शल्यक्रियामा धेरै रकम लाग्ने भएको हुदा रकम संकलन कार्य अघि बढाईएको बताईएको छ् ।

आर्थिक अवस्था दैनिय रहेका भिम थापाको उपचारको लागी वडाध्यक्ष ओंम बस्नेतले देश, बिदेशमा रहेका सबै नेपालीलाई घाईते थापाको उपचारमा सहयोग गर्न अपिल गरेका छन् ।

भारतिय बैंक खाता नम्बर –७१६३६५६४४३३, फोन न.७४९४८४५९३७ र नेपालको लागि विक्रम थापा कृषि विकास बैंक खाता नम्बर– ०८२३५०१८८७४९०१७ मा सहयोगको लागी सबैमा वडाध्यक्ष ओंम बस्नेतले आग्रह गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार